Logo

बुधबार, मंसिर ९ २०८३

बुधबार, मंसिर ९ २०८३

'गलत नछिरोस् , असल नछुटोस्'

'गलत नछिरोस् , असल नछुटोस्'

सोमबार, फागुन ११ २०८२
सोमबार, फागुन ११ २०८२
  • काठमाडौं। भक्सपप नेपालको आयोजनामा ‘भक्सपप डबली’ कार्यक्रमको आठौँ शृङ्खला सोमवार संवाद डबली, अनामनगरमा सम्पन्न भएको छ। ‘निर्वाचन र सामाजिक मनोविज्ञान’ विषयमा केन्द्रित बहसमा वक्ताका रूपमा पूर्व शिक्षा मन्त्री तथा राजनीतिज्ञ विद्या भट्टराई, निर्वाचन पर्यवेक्षण विज्ञ डा. गोपालकृष्ण शिवाकोटी र जेनजी अभियन्ता रिजन राना मगर सहभागी थिए। कार्यक्रमको सहजीकरण पत्रकार विमल थापाले गरेका थिए।

    images
    WhatsApp Image 2026-02-23 at 5.07.39 PM.jpeg
    भक्सपप डबलीका वक्ता र सहजकर्ता

    करिब एक घण्टा चलेको कार्यक्रममा पहिलो आधा घण्टा वक्ता र सहजीकर्ताबीच संवाद भयो भने बाँकी समय सहभागीहरूको प्रश्न–उत्तरमा केन्द्रित गरिएको थियो।

    छलफलका क्रममा वक्ता भट्टराईले निर्वाचन राजनीतिक दललाई दबाब दिने माध्यम नभई दलविनाको निर्वाचन सम्भव नहुने धारणा राखिन्। उनले नयाँ र पुरानो पुस्ताबीच कृत्रिम विभाजन सिर्जना गरिएको उल्लेख गर्दै समाज र राजनीतिमा रुपान्तरणका लागि दुवैको सहकार्य आवश्यक रहेको बताइन्। जेनजी आन्दोलनले उमेरको संरचनाभन्दा आलोचनात्मक चेतनालाई प्राथमिकता दिएको पनि उनको भनाइ थियो।

    WhatsApp Image 2026-02-23 at 5.07.41 PM.jpeg
    पूर्व शिक्षा मन्त्री विद्या भट्टराई आफ्नो कुरा राख्दै

    डा. शिवाकोटीले द्वन्द्वबाट समाजलाई अवतरण गराउने प्रमुख माध्यम निर्वाचन भएको उल्लेख गर्दै सामाजिक सञ्जाल फेसबुक, टिकटक तथा कृत्रिम बुद्धिमत्ताको दुरुपयोगले मतदाताको मनोविज्ञानमा असर परेको बताए। स्वच्छ प्रतिस्पर्धा र लोकतान्त्रिक संस्कार कायम गर्न सबै दल र उम्मेदवार जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो। निर्वाचन विश्वसनीय रूपमा सम्पन्न गर्न सके देशलाई सकारात्मक दिशामा लैजान सकिने उनले बताए।

    त्यसैगरी राना मगरले विशेष परिस्थितिमा हुन लागेको निर्वाचनलाई देशको स्थिरताका लागि आवश्यक प्रक्रिया भएको बताए। जेनजीको सहभागिता निराशाबीच आशा जगाउने प्रयास भएको उल्लेख गर्दै उनले युवाको माग सम्बोधन गर्न र सुशासन सुनिश्चित गर्न निर्वाचन महत्त्वपूर्ण रहेको धारणा राखे। नयाँ र पुराना शक्तिबीच द्वन्द्व नभई सहकार्य आवश्यक रहेको पनि उनले बताए।

    WhatsApp Image 2026-02-23 at 5.03.03 PM.jpeg

    कार्यक्रममा सहभागी जेनजी अगुवाहरूले निर्वाचनको औचित्य, युवाका माग पूरा नभएको गुनासो, राजनीतिक दलको भूमिका, मत किनबेचको समस्या तथा रोजगारी सिर्जनाको विषयमा प्रश्न उठाएका थिए। केही सहभागीले नयाँ राजनीतिक शक्तिप्रति देखिएको डर र लोकतन्त्रको वर्तमान अवस्थाबारे पनि जिज्ञासा राखेका थिए।

    वक्ताहरूले नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धता र संयमित समाजको छवि विश्वसामु प्रस्तुत गर्न स्वच्छ र विश्वसनीय निर्वाचन अपरिहार्य रहेको निष्कर्ष निकाले।

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij