Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

हाम्रो बारेमा

Voxpop Nepal (Voxpop Multimedia Pvt. Ltd.) अन्तर्गत सञ्चालित एक जनमुखी मल्टिमिडिया प्लेटफर्म हो। 'Voice of the Common People' को मूल दर्शन र 'Where Every Voice Matters' भन्ने नारासहित सञ्चालित यस प्लेटफर्मले समुदाय, स्थानीय सरकार, सरोकारवाला निकाय तथा आम नागरिकबीच अर्थपूर्ण संवाद निर्माण गर्ने उद्देश्यका साथ काम गरिरहेको छ।

कानुनी रूपमा प्राइभेट लिमिटेड कम्पनी भए पनि Voxpop Nepal आफूलाई केवल एउटा मिडिया कम्पनीका रूपमा सीमित राख्न चाहँदैन। हामी समुदायभित्र रहेका सिर्जनशील व्यक्ति, सञ्चारकर्मी, सामाजिक अभियन्ता, अनुसन्धानकर्ता, विकासकर्मी, युवा तथा परिवर्तनका लागि काम गर्न चाहने जो–कोहीलाई सहकार्यका लागि खुला आह्वान गर्दै आएका छौं। हाम्रो लक्ष्य Voxpop Nepal लाई समुदायको साझा प्लेटफर्मका रूपमा विकास गर्नु हो, जहाँ प्रत्येक आवाजले स्थान पाओस् र प्रत्येक अनुभवले महत्व पाओस्।

Voxpop Nepal ले समाचार पोर्टल, युट्युब, फेसबुक, टिकटक, डकुमेन्ट्री, अन्तर्वार्ता, फिल्ड रिपोर्टिङ तथा विभिन्न मल्टिमिडिया सामग्रीमार्फत जनसरोकारका विषयहरूलाई उठाउँदै आएको छ। संस्थाले विशेष रूपमा स्थानीय शासन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, युवा, महिला, सामाजिक समावेशीकरण, जीविकोपार्जन, वातावरण तथा समुदाय विकाससँग सम्बन्धित विषयमा सामग्री उत्पादन गर्दै आएको छ।

समुदायमा आधारित समाचार कथा (Community-Based Storytelling) र जनकेन्द्रित पत्रकारिता (Public-Centered Journalism) लाई प्राथमिकता दिने Voxpop Nepal ले भक्तपुरको मध्यपुर थिमि नगरपालिका, काठमाडौंको टोखा नगरपालिका, ललितपुरको महाँकाल गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका, बागमती गाउँपालिका तथा गोरखाका विभिन्न स्थानीय तहहरूसँग सहकार्य गरी डकुमेन्ट्री तथा भिडियो शृंखला, समुदाय केन्द्रित रिपोर्ट तथा विकाससँग सम्बन्धित सामग्रीहरू निर्माण गरिसकेको छ।

संस्थाको मुख्य शक्ति यसको अनुभवी तथा सिर्जनशील मल्टिमिडिया टिम हो। फिल्ड रिपोर्टिङ, अनुसन्धान,  स्क्रिप्ट लेखन, भिडियो निर्माण, सम्पादन, डकुमेन्ट्री उत्पादन तथा डिजिटल सामग्री निर्माणमा दक्ष टोली संस्थासँग आबद्ध छ। समुदायका अनुभव, संघर्ष, उपलब्धि र सम्भावनालाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्षम स्टोरी टेलर, स्क्रिप्ट राइटर, भिडियो सम्पादक तथा सञ्चारकर्मीहरूको सक्रिय सहभागिताले Voxpop Nepal लाई थप सशक्त बनाएको छ।

हाल प्रधान सम्पादक तथा अवधारणा निर्माता मनीषा अवस्थी को नेतृत्वमा Voxpop Nepal ले समुदायका वास्तविक कथा, स्थानीय आवाज र सामाजिक परिवर्तनका प्रयासहरूलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउने अभियानलाई निरन्तर अगाडि बढाइरहेको छ।

संस्थाको व्यवस्थापकीय नेतृत्व कार्यकारी निर्देशक (Executive Director) उर्मिला शाक्य ले गरिरहेकी छिन् भने क्रियटिभ एडिटर पारसमणि अँगाईंले सामग्रीको सिर्जना, प्रस्तुति र गुणस्तर अभिवृद्धिमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन्।

© 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij