आमसञ्चारको भीडमा वैकल्पिक आवाज, जनदृष्टिकोण र उत्तरदायी सञ्चारकर्मको खोजीमा भक्सपप नेपालको यात्रा सुरु भएको हो। २०८१ माघ २१ गतेदेखि औपचारिक अस्तित्वमा आएको भक्सपप नेपालले स्थापनाको छोटो समयमै समाजमा आफ्नो शैलीको छाप बनाएको छ, तपाईंको माया पाएको छ।
हाम्रो केन्द्रीय आशय ‘Where Every Voice Matters’ ले हाम्रो दृष्टिकोण स्पष्ट पार्दछ। सामाजिक उत्तरदायित्वमा आधारित यो सञ्चारकर्म न अफवाहको पछि लाग्छ, न त प्रभावशालीका इशारामा नै चल्नेछ। हामी आकारमा सानो छौँ, यद्यपि डिजिटल आमसञ्चारको मर्यादित दायराभित्र रही नागरिक पत्रकारिताको प्रयोग, अभ्यास र मूल्य स्थापनामा हामी प्रतिबद्ध छौँ। हामी बोल्छौँ र देखाउँछौँ—जनताका आँखाले देखेका दृश्य अनि जनताकै मुखले बोलेका आवाज। यसकारण, भक्सपप नेपाल कोही व्यक्तिको होइन, यो तपाईंको हो, हाम्रो समाजको हो र सिंगो देशको हो।
भक्सपप नेपालमा प्रकाशित श्रव्यदृश्य तथा सबैखाले सामग्री पढ्न–हेर्न कुनै शुल्क लाग्दैन। तर, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको यो यात्रालाई निरन्तरता दिन स्रोत र सहकार्य आवश्यक हुन्छ। त्यसैले, भक्सपप नेपालले ‘हाम्रो आवाज, हाम्रो साथ’ भन्ने भावनासहित स्वैच्छिक सहयोग अभियान सुरु गरेको छ। तपाईंलाई हाम्रो काम, हाम्रो दृष्टिकोण र नागरिकका आवाजलाई प्राथमिकता दिने यो यात्रामा विश्वास लाग्छ भने, आफ्नो इच्छाअनुसारको योगदानमार्फत हामीसँग हातेमालो गर्न सक्नुहुन्छ।
तपाईंको सानो सहयोगले एउटा कथा उत्पादन हुन सक्छ, एउटा आवाज धेरै मानिससम्म पुग्न सक्छ र एउटा महत्वपूर्ण विषय सार्वजनिक बहसको हिस्सा बन्न सक्छ।
हामी प्राप्त सहयोगलाई सामग्री उत्पादन, रिपोर्टिङ, प्रविधि तथा डिजिटल पत्रकारिताको पहुँच विस्तारमा उपयोग गर्नेछौँ।
Where Every Voice Matters.
उपकरण योगदानका लागि सम्पर्क:
+977 9848802445
आर्थिक योगदानका लागि:
भक्सपप मल्टिमिडिया
खाता नं. 04801017501571
नबिल बैंक लिमिटेड, काठमाडौं ।
© 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij