काठमाडौं । गुडविभ नेपालमा नयाँ कार्यसमिति चयन भएको छ। संस्थाको अध्यक्षमा किरण थापा उपाध्यक्षमा रुपा मुनाकर्मी महासचिवमा सन्तोष महर्जन तथा सदस्यहरूमा आशुतोष कार्की र स्वस्तिका सुवेदी निर्वाचित भएका छन्।
नवनिर्वाचित कार्यसमितिले बालश्रम उन्मूलन बालअधिकारको संरक्षण तथा श्रम अधिकारको प्रवर्द्धनका क्षेत्रमा थप प्रभावकारी रूपमा काम गर्ने अपेक्षा गरिएको छ।
विशेषगरी बालश्रमका कारण शिक्षा, स्वास्थ्य सुरक्षा तथा समग्र विकासका अवसरबाट वञ्चित बालबालिकाको अधिकार सुनिश्चित गर्न संस्थाले गर्दै आएको अभियानलाई नयाँ नेतृत्वले थप सशक्त बनाउने विश्वास गरिएको छ।
बालश्रम अन्त्यका लागि सरकारी निकाय नागरिक समाज श्रमिक संगठन निजी क्षेत्र तथा अन्य सरोकारवाला पक्षबीचको सहकार्य र समन्वयलाई प्राथमिकता दिँदै अभियानलाई परिणाममुखी बनाउन आवश्यक छ ।
नयाँ कार्यसमितिले बालश्रममुक्त समाज निर्माणसँगै श्रमिकका अधिकारको संरक्षण र सम्मानजनक श्रम वातावरण निर्माणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
बालबालिकालाई श्रममा होइन शिक्षा संरक्षण र अवसरमा जोड्ने अभियानलाई प्रभावकारी बनाउन नयाँ नेतृत्वले आगामी दिनमा थप सक्रियता र जिम्मेवारीका साथ अघि बढ्ने विश्वास गरिएको छ।


