Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

Privacy Policy

अन्तिम अद्यावधिक: २०८३ साउन १ गते 

VoxPop Nepal ले आफ्ना पाठक, दर्शक, स्रोत तथा प्रयोगकर्ताको गोपनीयतालाई सम्मान गर्दछ। यस नीतिअनुसार प्राप्त व्यक्तिगत विवरणको सुरक्षित र जिम्मेवार प्रयोग गरिनेछ।

१. हामीले संकलन गर्ने सूचना

नाम, फोन नम्बर, इमेल, फोटो, भिडियो, अडियो तथा प्रयोगकर्ताले स्वेच्छाले उपलब्ध गराएका अन्य विवरण संकलन गर्न सकिन्छ।

२. सूचनाको प्रयोग

प्राप्त विवरण समाचार, अन्तर्वार्ता, रिपोर्टिङ, सम्पर्क, सेवा सुधार तथा आवश्यक प्राविधिक प्रयोजनमा प्रयोग गरिनेछ।

३. फोटो तथा भिडियो

सार्वजनिक कार्यक्रम, सार्वजनिक स्थान वा अन्तर्वार्ताका क्रममा प्राप्त फोटो, भिडियो तथा अडियोलाई पत्रकारिता तथा समाचार प्रयोजनमा प्रयोग गर्न सकिनेछ। संवेदनशील विषयमा आवश्यक गोपनीयता र सहमति कायम गरिनेछ।

४. व्यक्तिगत विवरणको सुरक्षा

प्रयोगकर्ताको व्यक्तिगत विवरण अनधिकृत पहुँच, दुरुपयोग वा सार्वजनिक हुनबाट जोगाउन उचित सुरक्षा उपाय अपनाइनेछ। कानूनले आवश्यक नबनाएसम्म व्यक्तिगत विवरण तेस्रो पक्षलाई उपलब्ध गराइने छैन।

५. नाबालिगको गोपनीयता

बालबालिकासँग सम्बन्धित सामग्री प्रकाशन गर्दा उनीहरूको पहिचान, सुरक्षा र सर्वोत्तम हितलाई प्राथमिकता दिइनेछ।

६. Cookies

वेबसाइटको कार्यक्षमता, सुरक्षा तथा प्रयोगकर्ता अनुभव सुधारका लागि Cookies प्रयोग गर्न सकिन्छ।

७. नीति परिवर्तन

आवश्यकताअनुसार यो गोपनीयता नीति संशोधन गर्न सकिनेछ। संशोधित नीति वेबसाइटमा प्रकाशित गरिनेछ।

८. सम्पर्क

गोपनीयता सम्बन्धी प्रश्न वा गुनासोका लागि:

VoxPop Nepal
इमेल: info@voxpopnepal.com 
फोन: 9706243250
ठेगाना: Anamnagar 29, Kathmandu

यो नीति नेपालको प्रचलित कानून तथा पत्रकारिता आचारसंहितालाई ध्यानमा राखी लागू गरिनेछ।

© 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij