Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

विद्यालय कर्मचारीको पारिश्रमिक ५ हजार बढ्यो, मन्त्रिपरिषद्का यस्ता छन् निर्णय

विद्यालय कर्मचारीको पारिश्रमिक ५ हजार बढ्यो, मन्त्रिपरिषद्का यस्ता छन् निर्णय

बिहीबार , भदौ ४ २०८३
बिहीबार , भदौ ४ २०८३
  • काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रारम्भिक बाल विकास सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको छ। त्यस्तै कक्षा ९–१० र ६–८ मा शिक्षण सहयोग अनुदानअन्तर्गत कार्यरत शिक्षकको तलब क्रमशः माध्यमिक तृतीय र निम्न माध्यमिक तृतीय श्रेणीको तलबसरह कायम गर्ने निर्णय भएको छ।

    images

    बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड जापानी येन अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। नेपालमा एसियन डिजास्टर प्रिपेडनेस सेन्टरको सब-सेन्टर स्थापना गर्न स्वीकृति दिनुका साथै संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डललाई पनि स्वीकृति दिइएको छ।

    त्यस्तै, भारतमा हुने ‘ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्ट’को बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल पठाउने, सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश स्वीकृत गर्ने र भुक्तानी तथा फर्छ्यौट ऐन तथा नागरिक लगानी कोष ऐन संशोधनसम्बन्धी विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय भएको छ।

    प्रशासनतर्फ सहसचिव कमलप्रसाद भट्टराईलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गरिएको छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij