Logo

बुधबार, मंसिर ९ २०८३

बुधबार, मंसिर ९ २०८३

हिमाली औषधीय वनस्पति र च्याउको दिगो व्यापारका लागि क्षेत्रीय सहकार्यमा जोड

हिमाली औषधीय वनस्पति र च्याउको दिगो व्यापारका लागि क्षेत्रीय सहकार्यमा जोड

मंगलबार, मंसिर ८ २०८३
मंगलबार, मंसिर ८ २०८३
  • काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले हिमाली क्षेत्रका जङ्गली औषधीय तथा सुगन्धित वनस्पति र च्याउको संरक्षण, दिगो उपयोग तथा व्यापार व्यवस्थापनका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएकी छन्।

    images

    काठमाडौँमा आयोजित ‘जङ्गली हिमाली औषधीय तथा सुगन्धित वनस्पति र च्याउसम्बन्धी क्षेत्रीय सहकार्य’ विषयक कार्यक्रममा मन्त्री चौधरीले हिमाली जैविक विविधताको संरक्षणसँगै स्थानीय समुदायको जीविकोपार्जन र आर्थिक समृद्धिका लागि छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय साझेदारबीच सहकार्य हुनुपर्ने बताएकी हुन्।

    उनले हिमाली क्षेत्रका प्राकृतिक स्रोतको दिगो उपयोगबाट स्थानीय समुदायको आयआर्जन बढाउनुका साथै हरित अर्थतन्त्र निर्माण गर्न सकिने बताइन्। जङ्गली औषधीय तथा सुगन्धित वनस्पति र च्याउ हिमाली समुदायको जीविकोपार्जन र आर्थिक अवसरसँग जोडिएको उल्लेख गर्दै उनले यसको संरक्षण र व्यापार व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने धारणा राखिन्।

    मन्त्री चौधरीले प्राकृतिक स्रोतको मूल्य अभिवृद्धि स्रोत रहेकै क्षेत्रमा गर्नुपर्ने र त्यसबाट प्राप्त लाभ स्थानीय समुदायमा न्यायोचित रूपमा वितरण हुनुपर्नेमा जोड दिइन्। संरक्षणका नाममा स्थानीय समुदायको आर्थिक अवसर सीमित गर्नुभन्दा उनीहरूलाई दिगो उपयोग र व्यवस्थापनमा सहभागी गराउनुपर्ने उनको भनाइ थियो।

    उनले महिला, युवा, आदिवासी जनजाति तथा स्थानीय समुदायका लागि न्यायोचित आर्थिक अवसर सुनिश्चित गर्नुपर्ने बताइन्। साथै, हिमाली प्राकृतिक सम्पदाको संरक्षण भावी पुस्ताको हितसँग जोडिएको विषय भएकाले यसको उपयोग पारदर्शी र कानुनसम्मत हुनुपर्ने उल्लेख गरिन्।

    हिमाली मुलुकहरूले जलवायु परिवर्तन, पारिस्थितिकीय प्रणालीको क्षय र अव्यवस्थित व्यापारजस्ता चुनौती सामना गरिरहेको भन्दै उनले यी समस्या समाधानका लागि साझा प्रयास आवश्यक रहेको बताइन्।

    उनका अनुसार क्षेत्रीय सहकार्य गर्दा सम्बन्धित मुलुकको राष्ट्रिय सार्वभौमसत्ता, घरेलु कानुन र प्राथमिकताको सम्मान गर्नुपर्छ। हिमाली जैविक विविधताको संरक्षणलाई वातावरणीय मुद्दामा मात्र सीमित नराखी जलवायु उत्थानशीलता, समावेशी विकास र क्षेत्रीय विश्वास अभिवृद्धिसँग जोडेर अघि बढाउनुपर्ने उनले बताइन्।

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij