Logo

शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३

नक्कली प्रहरी बनेर धम्की र चेतावनी दिने क्रम बढेपछि अनुसंधान गर्दै प्रहरी

नक्कली प्रहरी बनेर धम्की र चेतावनी दिने क्रम बढेपछि अनुसंधान गर्दै प्रहरी

भक्स पप नेपाल
बुधबार, माघ ९ २०८१
भक्स पप नेपाल
बुधबार, माघ ९ २०८१
  • काठमाडौं :  नक्कली प्रहरी बनेर धम्की र चेतावनी दिने क्रम बढेको छ । प्रहरी संगठनकै दुरुपयोग गरेर केही व्यक्तिले धम्क्याउने गरेको गुनासो आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    images

    नेपाल प्रहरीका विभिन्न कार्यालय र वरिष्ठ अधिकारीहरूकै नाम र दर्जा प्रयोग गरेर धम्की आउने गरेको गुनासो नागरिकबाट आएको प्रहरीले जनाएको छ ।


    ती व्यक्तिहरुले प्रहरीको नामबाट नागरिकहरूलाई चेतावनीसहित इमेलबाट धम्क्याउने गरेको पाइएको प्रहरी प्रधान कार्यालयको भनाइ छ । यस विषयमा गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रहरीले प्राप्त इमेलहरुको अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रधान कार्यालयले सार्वजनिक अपिल गर्दै त्यस्ता धम्कीपूर्ण इमेल आएमा कुनै प्रतिक्रिया नदिन र विश्वास नगर्ने भनेको छ । त्यस्ता इमेलकाबारे थप जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij