Logo

शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३

मन्त्री चौधरीद्वारा मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन (फोटोसहित)

मन्त्री चौधरीद्वारा मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन (फोटोसहित)

बिहीबार , मंसिर १० २०८३
बिहीबार , मंसिर १० २०८३
  • काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले काठमाडौंको बालाजु र सीतापाइलास्थित मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन गरेकी छन्।

    images

    WhatsApp Image 2026-11-26 at 10.28.28 AM.jpeg

    मासुजन्य वस्तुको स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षाको अवस्था बुझ्न मन्त्री चौधरीले बिहीबार ती कोल्ड स्टोरेजको निरीक्षण गरेकी हुन्।

    WhatsApp Image 2026-11-26 at 10.28.27 AM.jpeg

    मंसिर १ गतेदेखि कार्यान्वयनमा आएको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयन अवस्था अनुगमन गर्नु भ्रमणको उद्देश्य रहेको थियो। अनुगमनका क्रममा मासुको भण्डारण अवस्था, सरसफाइ, स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षा मापदण्डको पालनाबारे निरीक्षण गरिएको थियो।

    WhatsApp Image 2026-11-26 at 10.28.28 AM (1).jpeg

    मन्त्री चौधरीले उपभोक्ताले स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न ऐनको प्रभावकारी कार्यान्वयन र निर्धारित मापदण्डको पालना आवश्यक रहेको बताइन्।

    WhatsApp Image 2026-11-26 at 10.28.29 AM.jpeg

    ऐनअनुसार पशु वध गर्नुअघि र वधपछि मासुको स्वास्थ्य परीक्षण गर्नुपर्ने व्यवस्था छ। परीक्षणबाट उपभोगका लागि योग्य ठहरिएको मासुमा मात्र आधिकारिक छाप लगाइन्छ। यस्तो छापले मासु परीक्षण भएको र उपभोगका लागि योग्य रहेको पहिचान गर्न मद्दत गर्छ।

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij