Logo

शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३

जेनजी शहीद विमलबाबुको अन्त्यष्टि गोरखामा

जेनजी शहीद विमलबाबुको अन्त्यष्टि गोरखामा

सोमबार, भदौ ३० २०८२
सोमबार, भदौ ३० २०८२
  • काठमाडौं । जेनजी आन्दोलनका शहीद विमलबाबु भट्टको सोमबार गोरखामा अन्त्यष्टि गरिएको छ । परिवारको इच्छा अनुसार शवलाई उनको गाउँ बारपाक सुलिकोट गाउँपालिकास्थित लाँकुरीबोट पुर्‍याइएको थियो । भट्टको पार्थिव शरीरलाई नेपाल प्रहरीले सलामी दिएको छ ।

    images

    भाद्र २३ गतेको ऐतिहासिक जेनजी विद्रोहमा विमल कोटेश्वरबाट सहभागी भएका थिए । बानेश्वरको संसद् भवन अगाडि प्रदर्शनले उग्ररूप लिँदा उनी प्रहरीले चलाएको गोलीको निशानामा परेका थिए । सोही दिन उनीसँगै गोली लागेर अरू १८ जनाले ज्यान गुमाएका थिए । यो समाचार तयार पार्दासम्म जेनजी आन्दोलनमा मृत्यु हुनेहरूको संख्या ७२ पुगिसकेको छ ।

    bimal-babu-bhatta-gen-g-first-shahid-.jpeg

    गोरखाबाट पढ्न काठमाडौं पुगेका २२ बर्षीय विमल मामासँग बस्थे । परिवारका कान्छा छोरा उनका बा-आमा लाँकुरीबोटको गाउँमै खेती किसानी गर्छन् । विमल जेनजी आन्दोलनमा शहादत प्राप्त गर्ने पहिलो युवा हुन् ।

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij