काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी आन्दोलनका क्रममा घाईते भएकाहरूलाई भेट्न अस्पताल जाने भएकी छिन् ।
शुक्रबार राती प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की वीर अस्पतालको ट्रमा सेन्टर र बानेश्वरको सिभिल अस्पतालमा उपचाररत घाइतेलाई भेट्न जान लागेकी हुन् ।
जेनजी आन्दोलनमा अहिलेसम्म ५१ जनाको ज्यान गएको छ । सयौं घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ ।


