Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

नवराज लम्सालको चौथो महाकाव्य  सार्वजनिक

नवराज लम्सालको चौथो महाकाव्य  सार्वजनिक

आइतबार, भदौ २२ २०८२
आइतबार, भदौ २२ २०८२
  • काठमाडौं । कवि, पत्रकार तथा सञ्चारकर्मी डा. नवराज लम्सालको चौथो महाकाव्य 'कल्प' सार्वजनिक गरिएको छ। शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा पूर्वमन्त्री गगन थापा, विद्या भट्टराई र सुदन किराँती, सांसद मनिष झा तथा समीक्षक राजकुमार बानियाँले संयुक्त रूपमा कृतिको लोकार्पण गरे। 

    images
    nabaraj lamsal 3.jpeg

    कार्यक्रममा वक्ताहरूले 'कल्प'लाई उच्चस्तरको कृति भन्दै प्रशंसा गरेका थिए।लोकार्पणपछि बोल्दै डा. लम्सालले कविको पहिलो पहिचान राजनीति नभई कवितामै सीमित रहनुपर्ने बताए । उनले भने, 'कवि राजनीतिक मान्छे होइन । मैले पनि कहिल्यै कविता छोडेर दलिय झण्डा बोकिनँ र बोक्ने छैन ।'

    उनले  पुस्तक लेख्दा आफुले ब्रह्मानन्द अनुभव गरेको कुरा व्यक्त गरे । जस्तो चरित्रको भए पनि मान्छे मारिनु हुँदैन भन्ने आफ्नो दर्शनलाई महत्वका साथ स्थान दिएको अनि मान्छे र अस्तित्वबीचको भिन्नता सहित आफ्नो जीवनदर्शन र विश्वदृष्टिकोण महाकाव्यमा पस्किएको बताए । 

    nabaraj lamsal 2.jpeg

    शिखा बुक्सले प्रकाशन गरेको 'कल्प', डा. लम्सालको चौथो महाकाव्य हो। यसअघि प्रकाशित 'अग्नि' महाकाव्यबाट उनले २०७८ सालको मदन पुरस्कार प्राप्त गरेका थिए। 

    हालसम्म उनका चार महाकाव्य, तीन कविता संग्रह र दुई गीतसंग्रहसहित नौ पुस्तक प्रकाशित छन्। 

    तीस वर्ष रेडियो नेपालमा र एक दशक बीबीसीमा काम गरेका लम्साल समकालीन नेपाली साहित्यमा अध्ययनशील, गम्भीर तथा पूर्वीय दर्शनका गहिरा जानकारका रूपमा परिचित छन्।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij