काठमाडौँ। जेठ ५ गते सोमबार बिहान काठमाडौं महानगरपालिकाको स्वयम्भू क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
हरेक महिनाको ५ गते हुने नियमित सरसफाइ कार्यक्रम अन्तर्गत स्वयम्भूको बुद्ध पार्क क्षेत्रमा सरसफाइ गरिएको हो ।
बिहान ७ देखी ९ बजेसम्म स्थानीयसंग मिलेर नेप्सेम्याकले फोहोर संकलन र व्यवस्थापन गरेको थियो ।
नेप्सेम्याक स्वयम्भूको शाखाको ब्यवस्थापकिय सहयोग एबम् स्थानीय टोलबासिहरुको सक्रिय सहभागितामा स्वयम्भू विश्व सम्पदा क्षेत्र सरसफाइ महा अभियान २०८२ सञ्चालन भइरहेको छ ।


