Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

मान्छे काेही तल, काेही माथि हुन्छ ?!

मान्छे काेही तल, काेही माथि हुन्छ ?!

भक्स पप नेपाल
आइतबार, माघ ६ २०८१
भक्स पप नेपाल
आइतबार, माघ ६ २०८१
  • थुक्ने कहाँ हाे, थाहा छैन । मुङफली(बदम) खाएर बाेक्रा कहाँ फ्याँक्ने हाे, सुन्तला - केराका बाेक्रा कहाँ फाल्नुपर्ने हाे, थाहा छैन । बाटोमा लगाइएका बिरुवा निमाेठ्दै, भाँच्दै हिँड्ने, फूल, पात टिप्न परे आफ्नै बगैंचा ठान्ने। पानीका खालि बाेतल, चाउचाउका खाेल, सुर्ती र गुटखाका खाेल, चुराेटका ठुटा जहाँ पनि फ्याँक्ने । सार्वजनिक सबारी साधनमा बस्दा दुई जनाकाे सिटमा एक्लै ढसमस्म परेर बस्दा शान ठान्ने ।

    images

    साँगुरो बाटो /फुटपाथमा दुईजना सँगै हिँड्दा पछाडि आइरहेकालाई बाटो नछाेडेर ठूलो पल्टिने । ट्वाइलेट प्रयाेग गरेपछि फ्लस चलाउने चेत छैन । सार्वजनिक धारा प्रयोग गरेर बन्द नगर्ने । कुनै कामका लागि लाइन बस्दा ठेलमठेल गरेर उछिनापाछिना गर्नैपर्ने । सार्वजनिक सवारी साधनमै भिडियो कल गरेर आफ्नो गाेपनीयता र अरुको शान्ति भङ्ग गर्ने । पुलिसको आँखा छल्न पाए हेल्मेट नलगाउने । सानातिना काममा पनि भनसुनकाे आस गर्ने ।

    मिलेसम्म नियम मिच्ने । हामी यस्तै छाैँ । कसले सुधार्ने ? आफै सुध्रने हाे । अनि भन्ने, 'सुधार माथिबाट हुनुपर्छ !'

    22.png
    undefined

    #बन्छ_नेपाल

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij