Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

अस्पतालका ढोकामा बिरामीको बिजोग

अस्पतालका ढोकामा बिरामीको बिजोग

बिहीबार , साउन १४ २०८३
बिहीबार , साउन १४ २०८३
  • काठमाडौं । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत बिरामीका निधन भएपछि आफन्तहरूले ड्युटीमा रहेका डाक्टरमाथि आक्रमण गरेपछि आफ्नो सुरक्षाको माग गर्दै डाक्टरहरूले देशभर इमर्जेन्सी बाहेकका सेवा ठप्प पारेका हुन्।

    images

    अस्पतालको संघारमा एकातर्फ आफ्नो सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरू छन् भने अर्कोतर्फ उपचार नपाएर छटपटिँदै गरेका निर्दोष बिरामीहरू उपचार कहिले पाउने भन्ने आशमा बसिरहेका छन्। वीरगञ्जको नारायणी अस्पतालमा ड्युटीमै रहेका डाक्टरमाथि साङ्घातिक आक्रमण भएपछि सुरु भएको आक्रोशले अहिले देशभरकै स्वास्थ्य सेवा प्रभावित बनेको छ।

    अस्पतालमा तोडफोड हुनु र उपचारमा खटिएका स्वास्थ्यकर्मी टाउकोमा चोट लागेर आइसियुमा भर्ना हुनु अत्यन्तै दुखद र निन्दनीय घटना हो। चिकित्सकहरूले जुनसुकै अवस्थामा पनि सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्छ। आफ्ना सहकर्मीमाथि आक्रमण हुँदा र राज्यले दोषीलाई तत्काल कारबाही नगर्दा उनीहरूले विरोधका कार्यक्रम सार्वजनिक गर्नु स्वाभाविक देखिन्छ।

    तर, यही द्वन्द्वको अर्को दर्दनाक पाटो अस्पतालका ढोकाहरूमा छटपटाइरहेका बिरामीहरूको हो। हामीले अस्पताल परिसरमा उपचारका लागि आएका बिरामी र तिनका आफन्तहरूसँग बुझ्दा उनीहरूको बिचल्ली प्रष्ट देखिन्थ्यो। टाढा-टाढाबाट दुःखजिलो गरेर आएका क्यान्सर, डाइलाइसिस र शल्यक्रियाको पालो पर्खिरहेका गरिब जनता अहिले सेवा ठप्प हुँदा अलपत्र परेका छन्।

    गल्ती एकातिर हुने र त्यसको सजाय लाखौँ निर्दोष सर्वसाधारणले भोग्नुपर्ने स्थिति न्यायसङ्गत हुन सक्दैन। बिरामी पक्षबाट भएको हिंसात्मक व्यवहार गलत थियो र दोषीलाई कडा कानुनी कारबाही हुनैपर्छ। तर, त्यसको विरोधमा सर्वसाधारणलाई नै उपचारबाट बन्चित गराउने बाटो रोज्दा जनताको सास्ती थप बढेको छ।

    स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार हो। राज्यले तुरुन्तै हस्तक्षेप गरी अस्पतालमा पर्याप्त सुरक्षाको व्यवस्था मिलाउनुपर्छ र दोषीलाई दायरामा ल्याउनुपर्छ। चिकित्सकहरूले पनि सर्वसाधारणको जीवनरक्षाको संवेदनशीलतालाई बुझेर आन्दोलनका बीच पनि अत्यावश्यक सेवाहरू सुचारु राख्दै संवादबाटै निकास खोज्न आवश्यक छ।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij