Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

अतितले कहिले पोल्छ त कहिले बिझाउँछ (भिडियोसहित)

अतितले कहिले पोल्छ त कहिले बिझाउँछ (भिडियोसहित)

भक्स पप नेपाल
बिहीबार , माघ २४ २०८१
भक्स पप नेपाल
बिहीबार , माघ २४ २०८१
  • काठमाडौं ।  बिस बर्षदेखि काठमाडौं बस्दै आएकी सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउपालीका नवलपुरकी पम्फा खत्रीको जिन्दगीको  त्यति सहज थिएन । दुई छोराको साथमा बालकोट बस्दै आएकि पम्फा असन स्थित अन्नपूर्ण मन्दिर परिसमा साग बेच्दै गर्दा भेटिईन् ।  उनि भन्छिन तरकारीको मुल्य बढेको बेला त धेरथोर नाफा हुन्थ्यो अहिले त त्यति नाफा हुदैन । 

    images

    १५ बर्षको उमेरमा आफू भन्दा १२ / १३ बर्ष जेठो संग मागी बिहे गरेकी पम्फालाई श्रीमान केदार खत्रीले कहिल्यै सपोर्ट गरेनन् । उनी गहभरि आँसु पार्दै भन्छिन सम्बन्ध कहिल्यै राम्रो भएन “लोग्ने कमजोर देखेभने आफन्तैले हेप्दा रहेछन । धेरै हेपाई खाएँ श्रीमानले दैनिक रक्सि खाएर सताउनु हुन्थ्यो । केही बर्ष अगाडि श्रीमानलाई कालो जन्डिस भयो श्रीमानको मृत्यु भयो । सकेको उपचार गराएकी हु  तर निको बनाउन सकिएन । आफू काममा जानू पर्थ्यो मुख बार्दिनु भएन । “ दुई बर्ष र ३ महिनाको दुई छोरा काखमा लिएर २०६१ सालमा काठमाडौ आएकी पम्फा बिगत बिर्सिन पनि सक्दिनन् र सम्झन पनि चाहन्नन् ।  उनलाई अतितले कहिले पोल्छ कहिले बिझाउँछ । रितोहात काठमाडौं आएकी पम्फा भन्छिन '' नेपाल गए कपाल संगैं वर्म गए कर्म संगै " जहाँ गएपनि श्रीमानको रक्सि छुटाउन सकिन । दिनभरी दुख गरेको पैसा श्रीमानलाई रक्सि खुवाउदै सकिन्थ्यो नदिए मार्लान भन्ने डर । 

    २० बर्ष पहिले बुबा हार्ट अट्याक भएर बित्नुभयो ७ बर्ष पहिले आमा पनि फोक्सोको क्यान्सर भएर बितेपछि अहिले माईती छन् जस्तो लाग्दैन उनलाई । माईतिमा छ न त दाइ भाउजुहरु छन् तर फोन सम्पर्कै हुदैन । दुखमा आफन्तको साथ नपाएकी पम्फालाई बाँकि जिन्दगी दुखैमा बित्छ कि जस्तो महसुस हुन्छ । गाँउमा बसेर काम गर्न कठिन थियो । श्रीमानले रक्सि खाईदिने शारीरिक यातना दिने, खेतिपाति गर्न बालबच्चा साना थिए । छोराहरूको भबिष्यको लागि उनले नयाँ बाटो खोज्दै काठमाडौ आईन । काठमाडौ मा पम्फालाई माईलि दिदिले साथ दिईन ।  तरकारी बेच्न दिदिबाट सिकिन उनले ।  अहिले जेनतेन जिबिका चलेकै छ । मुख बोल्दिने छोराहरु छन । उनी खुसी का रेखाहरु फैलाउदै भन्छिन “छोराहरू ले हामी गर्छौ ममि भन्दिन्छन् । छोराहरु ज्ञानी र बुझ्नेछन् यसैमा खुसी छु । नागरिकता पासपोर्ट बनाईदिईको छु । सानै भएपनि बिदेश जान्छु भन्छन छोराहरु ।"

    बिहान ३ बजे देखि राति ८ बजेसम्म साग बेच्ने पम्फाको दैनिकीमा नगरपालिकाले दिएको तितो दुखको अनुभव छ । एकपटक भोटाहिटि बाट तरकारी बोकेको डोको महानगरले फालिदिएको तितोपल उनी सुनाउछिन् ।  अहिले पनि कतिवेला महानगर आउँछ र डोको उठाउछ थाहा हुदैन, बोकेरै बेच्नुपर्छ । बिसाउन मिल्दैन । नराम्रो शब्दहरु बोल्छन् । 

    पम्फा भन्छिन् “लुटेको हैन ठगेको हैन दुख गरेर खानेलाई ठाउँ देउ ।" 

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij