Logo

बिहीबार , मंसिर १० २०८३

बिहीबार , मंसिर १० २०८३

राजनीतिक रवाफले गोविन्दको उपचार धानेन्

'जसले समाजसेवामा जीवन अर्पे.....'

'जसले समाजसेवामा जीवन अर्पे.....'

३ पटक सांसद र एक चोटी मन्त्री भइसक्दा पनि उनलाई उपचार खर्चको जोहो गरिदिने कोही छैन ।

आइतबार, वैशाख २८ २०८२
आइतबार, वैशाख २८ २०८२
  • काभ्रे : धुलिखेल अस्पतालमा उपचाररत व्यक्ति हुन् गोविन्द नाथ उप्रेती। जीवनभर असमान समाजसँग लडेका एक इतिहास पुरुष। धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यन्जुसङ्ग अस्पताल पुग्दा बिरामी उप्रेतीसङ्ग भेट भयो । भतिजो मोहन उप्रेतीको रेखदेखमा अस्पतालमा रहेका उनी फोक्सोसम्वधी गम्भीर स्वास्थ्य समस्यासङ्ग संघर्ष गरिरहेका छन् । 

    images


    जीवनभर समाजसेवामा रहेका उप्रेतीसङ्ग अहिले न आफ्नो परिवार छ न त उपचारका लागि पैसा नै । यसपटक अस्पतालमा तिर्नुपर्ने पैसाको लागि नगरपालिकाले अस्पतालसङ्ग समन्वय गरेको छ । तर उप्रेतीलाई अस्पतालबाट निस्केपछिको औसधि उपचारको चिन्ताले पिरोलिरहेको छ ।

    काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर ८ का गोविन्द प्रसाद उप्रेती  जसले सिंगो जीवन समाजसेवामा बिताए । ५२ सालमा उनले बुढेसकालको सहारा भनेर बिबाह गरेका उनका सन्तान भएनन् । अनि कोरोना महामारीका कारण चार वर्षअघि उनको श्रीमतीको पनि निधन भयो, त्यसपछि उप्रेती एक्लिए । 

    फोक्सो सम्बन्धि गम्भीर समस्याले थलिएका उनी अहिले भतिजो मोहन उप्रेतीको सहारामा बसिरहेका छन् । ८६ वर्षीय उप्रेती जति बिरामी भए पनि आत्मबल निकै बलियो बनाएर बसेका छन्  । उनको रेखदेख गरिरहेका मोहन यसरी बताउँछन् ।

    गोबिन्द उप्रेती पन्चायत विरुद्ध लडे । राजतन्त्र विरुद्ध लडे । नेपालको उतारचढावको राजनीतिका एक इमानदार साक्षी उप्रेती  ३ पल्ट सांसद बने । अनि  ५५ सालमा नेकपा मालेबाट गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा  श्रम राज्यमन्त्री पनि  बने । तर उनले राजनीतिभन्दा माथी समाजलाई राखेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । 

     उनको समाजसेवा र राजनीतिक योगदानलाई सबै राजनीतिक दलले आ आफ्नै ढंगले सम्झिन्छन् । उप्रेतीलाई नजिकबाट चिन्ने धुलिखेल नगरपालिकाका प्रमुख ब्यञ्जु भन्छन्, 'उनी नेपालको वामपन्थी आन्दोलनको एक योद्धा हुन् । नेपाली जनता र काभ्रे बासीको सुख दुःखमा उनको धेरै योगदान छ ।' जनताका लागि जनतासंगै बस्ने उनी महान व्यक्तित्व भएको ब्यञ्जुले बताए । 

    सञ्चारकर्मी कुमार गौतमले पनि उप्रेतीको योगदानको यसरी प्रसंशा गरेका छन् । 'उहाँबाट नेपाली राजनीतिका समकक्षीले सिके हुन्थ्यो, अनुशरण गरे हुन्थ्यो भन्ने लाग्छ । यसो भए नेपालको यो अवस्था आउने थिएन जस्तै लाग्छ ', उनले भने । 

    आज, अस्पतालको एक कोठामा रहेका गोविन्द उप्रेती, केवल बिरामी होइनन्, उनी हाम्रो इतिहासका साक्षी हुन्। अनि सच्चा समाजसेवी हुन् । जसले आफ्नो जीवनको प्रवाह नगरी अरूका लागि मात्रै जीवन समर्पण गरे ।

    अब राज्यसँग, समाजसँग र हामी सबैसँग एउटा गम्भीर प्रश्न छ ।  सच्चा सेवा गर्नेहरूलाई अन्त्यमा हामी के दिन सक्छौं रु यसको एउटा मात्रै उत्तर हो, स्वयं व्यक्तिले अनुभूत गर्ने गरि सम्मान दिन सक्नुपर्छ ।



    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij