Logo

शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३

घोप्टेभीरमा फेरि पहिरो, लगातार चौथो दिन पृथ्वी राजमार्ग अवरुद्ध

घोप्टेभीरमा फेरि पहिरो, लगातार चौथो दिन पृथ्वी राजमार्ग अवरुद्ध

बुधबार, कात्तिक २५ २०८३
बुधबार, कात्तिक २५ २०८३
  • चितवन। चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा फेरि सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। बुधबार बिहान करिब पौने ४ बजे खसेको पहिरोका कारण सडकको दुवैतर्फ सवारी आवागमन ठप्प भएको हो।

    images

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार घोप्टेभीरमा लगातार पहिरो खस्ने क्रम नरोकिँदा यात्रुहरू सास्ती खेप्न बाध्य भएका छन्। आइतबार सोमबार र मंगलबार पनि सोही क्षेत्रमा पहिरो खसेको थियो।

    मंगलबार दिउँसो पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको भए पनि आज बिहान पुनः पहिरो खसेपछि यातायात सेवा प्रभावित बनेको हो। अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी सहायक निरीक्षक द्वारिका खवासले जानकारी दिए।

    पहिरोका कारण मुग्लिन हुँदै काठमाडौं भित्रिने तथा काठमाडौं बाहिरिने सवारीसाधन बीच बाटोमै रोकिएका छन्। तिहार मनाउन घर जाने तथा फर्किने यात्रुहरू समेत प्रभावित भएका छन्।

    लगातार पहिरो खसिरहेको घोप्टेभीर क्षेत्रमा यात्रा गर्दा यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij