Logo

बुधबार, मंसिर ९ २०८३

बुधबार, मंसिर ९ २०८३

गोरखा दरबार

इतिहास र विरासतको साक्षी (फोटोकथा)

इतिहास र विरासतको साक्षी (फोटोकथा)

शुक्रबार, कात्तिक २० २०८३
शुक्रबार, कात्तिक २० २०८३
  • गोरखा । गोरखा जिल्लाका ११ स्थानीय तहमध्ये एक हो गोरखा नगरपालिका, जहाँ जिल्लाको ऐतिहासिक गोरखा दरबार अवस्थित छ।

    images

    नेपालको इतिहासमा गोरखा दरबारको ठूलो महत्त्व रहेको छ। लिच्छवि राजा शिवदेव द्वितीयको संवत् ११३ को अभिलेख यस क्षेत्रमा प्राप्त भएको र उक्त अभिलेखमा वज्रभैरवको उल्लेख भएकाले गोरखा लिच्छवि शासन अधीनमा रहेको कुरा स्पष्ट हुन्छ।

    WhatsApp Image 2026-11-04 at 8.49.24 AM.jpeg

    गोरखा दरबारअन्तर्गत रहेको उपल्लोकोट परिसरमा हाल पनि वज्रभैरवको स्थान रहेको छ। पर्वमा यस स्थानमा विशेष पूजा हुने गरेको छ। 

    प्राप्त लिच्छविकालीन अभिलेखमा वज्रभैरवको दैनिक पूजाको व्यवस्थाका बारेमा उल्लेख गरेकाले वज्रभैरव, गोरखकाली र गोरखनाथभन्दा पनि प्राचीन रहेको बुझिन्छ।

    WhatsApp Image 2026-11-04 at 8.53.09 AM.jpeg

    गोरखामा शाह राज्य स्थापना हुनुअघि यहाँ खड्का मगरहरूले राज्य गर्दथे भन्ने विश्वास गरिन्छ तर यस कुरालाई पुष्टि गर्ने ठोस प्रमाण प्राप्त हुन सकेको छैन।

    वंशावलीअनुसार गोरखाका थरघर र भारदारहरूको सहयोगमा द्रव्य शाहले वि.सं. १६१६ भाद्र कृष्ण अष्टमीका दिन तत्कालीन गोरखाका शासक मगर खड्कालाई हटाई आफ्नो राज्यको श्रीगणेश गरेका थिए।

    द्रव्य शाहदेखि क्रमशः पुरन्दर शाह, छत्र शाह, राम शाह, डम्बर शाह, कृष्ण शाह, रुद्र शाह, पृथ्वीपति शाह, नरभूपाल शाह र पृथ्वीनारायण शाहले क्रमशः राज्य गरेको देखिन्छ।

    WhatsApp Image 2026-11-04 at 8.49.25 AM (1).jpeg

    पृथ्वीनारायण शाह गोरखाको अन्तिम राजा बने।

    नेपाल एकीकरण हुनुभन्दा अगाडि दक्षिणमा कर्णाटवंशी राज्य, पश्चिममा खस राज्य, उपत्यकामा ३ वटा मल्ल राज्यलगायत बाइसे चौबिसे स-साना राज्यहरू रहेका थिए। यी राज्यहरूका बीचमा सत्ता हडप्ने समय समयमा एकआपसमा लडाइँ झगडा युद्ध भइरहन्थ्यो। प्रसङ्ग विभिन्न ऐतिहासिक दस्तावेजहरूबाट जानकारी पाउन सकिन्छ।

    गोरखाका राजा नरभूपाल शाहको देहावसानपछि वि.सं. १७७९ मा जन्मेका पृथ्वीनारायण शाह २० वर्षको उमेरमा गोरखाको राजगद्दीमा बसेका थिए।

    WhatsApp Image 2026-11-04 at 8.53.33 AM.jpeg

    पृथ्वीनारायण शाह राजा हुनेबित्तिकै त्यसै चुप लागेर बसेनन्। उनी वरिपरि रहेका टुक्रे राज्यहरूलाई एकत्रित गरी सिङ्गो नेपाल राज्य बनाउन अगाडि बढे।

    यसको फलस्वरूप उनले वि.सं. १८०० मा नुवाकोट, १८१९ मा मकवानपुर, १८२२ मा कीर्तिपुर, १८२५ मा कान्तिपुर, ललितपुर र १८२६ मा भक्तपुर विजय गरी गोरखालाई पूर्ण रूपमा छोडी कान्तिपुर (काठमाडौं) लाई राजधानी बनाई नेपाललाई एकताको सूत्रमा बाँध्ने काममा महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ।

    आधुनिक नेपालको निर्माता पृथ्वीनारायण शाहको जन्मस्थलसमेत भएकोले गोरखाको विशेष महत्त्व रहेको छ।

    WhatsApp Image 2026-11-04 at 8.50.36 AM.jpeg

    पृथ्वीनारायण शाह राजा हुनुभन्दा अगाडि उनका १० पुस्ता अघिदेखिका पुर्खाहरूले पनि यसै गोरखामा दरबार बनाई शासन सञ्चालन गरेको देखिन्छ।

    गोरखा दरबार क्षेत्रको आजको भौतिक संरचना राम शाहदेखि पृथ्वीपति शाहसम्म विभिन्न समयमा निर्माण भएको देखिन्छ।

    WhatsApp Image 2026-11-04 at 8.51.58 AM.jpeg

    गोरखा दरबार क्षेत्रमा महत्त्वपूर्ण ३ वटा कोट तल्लोकोट, माझकोट र उपल्लोकोट रहेको छ भनिन्छ।

    WhatsApp Image 2026-11-04 at 8.51.43 AM.jpeg

    द्रव्य शाहले पहिला तल्लोकोटमा खड्का राजालाई पराजय गरी राज्य स्थापना गरेका थिए। पछि माझकोट र उपल्लोकोटमा दरबार निर्माण गरे भनिन्छ।

    हाल गोरखा दरबारमा रहेको कालिका मन्दिरलगायत दरबार राजा राम शाहदेखि निर्माण कार्य सुरु भएको मानिन्छ।

    हुन त द्रव्य शाहका नाति छत्र शाहले बनाएका लगाएका दुई नगरा गोरखा दरबारमा हालसम्म पनि रहेका छन्। यसले गर्दा छत्र शाहको समयमा दरबार बनिसकेको संकेत पाउन सकिन्छ।

    तर यहाँका अधिकांश दरबारलगायतका भागहरू राजा राम शाहले बनाउन लगाएका थिए।

    WhatsApp Image 2026-11-04 at 8.51.13 AM.jpeg

    WhatsApp Image 2026-11-04 at 8.37.31 AM (1).jpeg

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij