Logo

शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३

अमरगढीमा रास्वपाको जमघट, भोलिदेखि पालिकामा अभियान

अमरगढीमा रास्वपाको जमघट, भोलिदेखि पालिकामा अभियान

शुक्रबार, असोज २३ २०८३
शुक्रबार, असोज २३ २०८३
  • डडेल्धुरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला कमिटी डडेल्धुराको आयोजनामा अमरगढी नगरपालिकामा उम्मेदवार क्लबसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।

    images

    प्रतिनिधि सभा सदस्य डा. आनन्द चन्दको प्रमुख आतिथ्य तथा जिल्ला उपसभापति मदन धामी ‘कुशल’को सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सदस्यसहित १५० जनाभन्दा बढीको सहभागिता रहेको थियो।

    कार्यक्रममा पार्टीका पदाधिकारी जिल्ला कार्यसमिति सदस्य वडा कमिटीका प्रतिनिधि तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा पार्टीको सङ्गठनात्मक गतिविधि तथा आगामी कार्ययोजनाका विषयमा छलफल गरिएको जनाइएको छ।

    अमरगढीमा कार्यक्रम सम्पन्न भएसँगै जिल्ला कमिटीले भोलिदेखि डडेल्धुराका अन्य पालिकाहरूमा पनि उम्मेदवार क्लबसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

    जिल्लाका विभिन्न पालिकामा कार्यक्रम विस्तार गर्दै सङ्गठनात्मक गतिविधिलाई अघि बढाउने तथा आगामी कार्ययोजनाबारे छलफल गर्ने जिल्ला कमिटीको तयारी रहेको छ।

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij