काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बालेन शाह नेतृत्वको सरकार नढल्ने दाबी गर्दै सरकार ढल्ने हल्ला गर्नेहरूप्रति कटाक्ष गरेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले सरकार आज भोलि दशैं तिहार वा छठमा ढल्ने चर्चा सुनिने गरेको बताए।
‘सरकार ढल्छ कि ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर बेहोश भएर ढल्छ,’ उनले भने।
लामिछानेले यसपटक व्यक्तिलाई मात्र नभई इतिहास बदल्ने उद्देश्यले सरकार चयन गरिएको दाबी गर्दै जनमतको हुर्मत नलिन आग्रहसमेत गरे।


