Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

अलपत्र आयोजना अघि बढाउन मन्त्री लम्साल पहाडी जिल्लातर्फ

अलपत्र आयोजना अघि बढाउन मन्त्री लम्साल पहाडी जिल्लातर्फ

शुक्रबार, साउन २९ २०८३
शुक्रबार, साउन २९ २०८३
  • धनगढी।सुदूरपश्चिमका वर्षौँदेखि अलपत्र परेका आयोजना ढिलासुस्ती भएका विकास निर्माणका काम तथा सडक पुलको वास्तविक अवस्था बुझ्न पूर्वाधार विकास मन्त्री ई.सुनिल लम्साल नेतृत्वको टोली  डडेल्धुरा लगायतका पहाडी जिल्लाको स्थलगत भ्रमणमा जाने भएको छ।

    images

    राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश सभापति  प्रकाश बिष्टसहितको टोलीले २०८३ साउन २९ देखि भदौ २ गतेसम्म विभिन्न पहाडी जिल्लाको भ्रमण गर्नेछन।

    भ्रमणका क्रममा अलपत्र आयोजना र निर्माणमा देखिएका समस्या प्रत्यक्ष रूपमा बुझ्दै कामलाई तीव्रता दिन आवश्यक पहल गरिने बताइएको छ।

    कागजमा मात्र नभई  जनताको बीचमा पुगेर वास्तविक अवस्था बुझ्ने र अलपत्र आयोजना अघि बढाउने प्रतिबद्धतासहित टोली पहाडतर्फ जान लागेको  जनाइएको छ ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij