Logo

शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३

१८ वर्षमुनिका सदस्यबारे रास्वपाको स्पष्टिकरण

१८ वर्षमुनिका सदस्यबारे रास्वपाको स्पष्टिकरण

सोमबार, साउन ४ २०८३
सोमबार, साउन ४ २०८३
  • काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यता वितरण गरेको भनी उठेको विषयमा राष्ट्रिय मानव अधिकार आयोगलाई आफ्नो प्रस्टीकरण बुझाएको छ।

    images

    संविधान र कानुनविपरीत बालबालिकालाई दलको सदस्य बनाएको तथ्यांक सार्वजनिक भएपछि आयोगले गम्भीर ध्यानाकर्षण जनाउँदै रास्वपालाई पत्र काटेको थियो।

    आयोगले सोधेको स्पष्टीकरणको जवाफ दिँदै रास्वपाले १८ वर्षमुनिका व्यक्तिहरूलाई पार्टीको औपचारिक सदस्यता नदिइएको दाबी गरेको छ। 

    रास्वपाले आयोगलाई पार्टीमा १८ वर्षभन्दा कम उमेरका ३५ हजार २५७ जना सदस्य रहेको भनी बाहिरिएको विषय वास्तविक सदस्यता अभिलेखमा आधारित छैन भनि जवाफ दिएको छ।

    सो तथ्यांक सदस्यताका लागि प्राप्त 'प्रारम्भिक आवेदन विवरण' को आधारमा मात्र तयार भएको पार्टीले स्पष्ट पारेको छ। प्रमाणीकरण नभएका ती आवेदनहरूको विवरण पार्टीको सांगठनिक प्रतिवेदनमा भने भूलवश पर्न गएको रास्वपाको भनाइ छ।

    उक्त उमेर समूहका व्यक्तिहरूलाई पार्टी सदस्यका रूपमा प्रस्तुत गरिनु प्राविधिक त्रुटि मात्र भएको र पार्टीको आधिकारिक अभिलेखमा उनीहरू सदस्य नरहेको प्रस्टीकरण रास्वपाले आयोगसमक्ष पेस गरेको छ।

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij