Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

चर्चा देशमै रोजगारीको, लर्को विदेशिनेहरूको

चर्चा देशमै रोजगारीको, लर्को विदेशिनेहरूको

बुधबार, फागुन १३ २०८२
बुधबार, फागुन १३ २०८२
  • काठमाडौं। निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूले देशमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता दोहोर्‍याइरहेका छन्। तर व्यवहारमा भने नेपाली युवाहरूको प्राथमिकता अझै विदेश नै देखिएको छ। राजधानी काठमाडौँको गैरिधारास्थित एक म्यानपावर कम्पनी अगाडि मलेशिया रोजगारीका लागि अन्तर्वार्ता दिन आएका युवाहरूको भीडले यही यथार्थ झल्काउँछ।

    images

    ‘फ्रि भिसा, फ्रि टिकेट’ सुविधामा मलेशिया जान २५० जनशक्तिको माग भए पनि हजारौँको सङ्ख्यामा युवाहरू अन्तर्वार्ताका लागि उपस्थित भए। कतिपय बिहान ४–५ बजेदेखि नै लाइनमा बसेको उनीहरूले बताए।

    निर्वाचनमा दलहरूका युवा लक्षित घोषणापत्रका बुँदाले भन्छन्- स्वदेशमै रोजगारी निश्चित गरिनेछ। तर उनीहरूको लाइनले भनिरहको छ- युवाहरू अझैँ विश्वस्त छैनन्। उनीहरूलाई विदेश जानु एक मात्र विकल्प हो।

    भक्सपप नेपालसँगको कुराकानीमा उनीहरूले प्रक्रिया पारदर्शी नभएको भन्दै असन्तुष्टि व्यक्त गरे। पहिले भनिएको मापदण्डभन्दा फरक मापदण्ड राखिएको र सामान्य कारण देखाएर अन्तर्वार्ताबाट हटाइएको गुनासो उनीहरूको छ। धेरै खर्च गरेर राजधानी आएको तर अवसर नपाएको भन्दै उनीहरूले निराशा व्यक्त गरे।

    अन्तर्वार्ताका लागि आएका अधिकांश युवाहरू मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट छन्।

     

    युवाको प्रश्नः चुनावले रोजगारी दिन्छ?

    भक्सपपमा सहभागी केही युवाहरूले निर्वाचनमा रोजगारी मुख्य एजेन्डा बन्ने गरेको भए पनि व्यवहारमा अवसर नदेखिएको बताए। देशमै रोजगारी भए विदेश जानुपर्ने बाध्यता नहुने उनीहरूको भनाइ छ।

    विदेश जान लामो लाइनमा उभिएका युवाहरूको दृश्यले चुनावी प्रतिबद्धता र युवाको वास्तविक अवस्थाबीचको अन्तर झन् स्पष्ट देखिएको छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij