काठमाडौं। बाल बिबाह कम उमेरमा हुने बिबाह तथा जबरजस्ती विवाह अन्त्यका लागि घोषित प्रथम अन्तर्राष्ट्रिय दिवसको अवसरमा २७ नोभेम्बर २०२६ मा काठमाडौंमा “किशोरकिशोरीका अधिकार तथा बाल बिबाह, कम उमेरमा हुने बिबाह तथा जबरजस्ती विवाह ” विषयक अनुसन्धान निष्कर्ष सार्वजनिक तथा नीतिगत संवाद कार्यक्रम सम्पन्न भएको छ ।
गल्र्स नट ब्राईड, जिएनबि, गेग, नाईसर र सोसियल साईन्स वाहा को संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाल सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधि अनुसन्धानकर्ता विज्ञ संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफ विकास साझेदार संस्था अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता तथा नागरिक समाज संस्थाका प्रमुख र प्रतिनिधि सहित करिब ६० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमको स्वागत तथा कार्यक्रमको महत्व माथि प्रकाश पार्दै बालिका दुलही होइनन् नेपालका अध्यक्ष प्रकाश खतिवडाले नेपालमा “बाल बिबाह कम उमेरमा हुने बिबाह तथा जबरजस्ती विवाह” अन्त्य गर्न अनुसन्धानमा आधारित नीतिगत संवाद सामूहिक प्रयास र सरकार, विकास साझेदार, अनुसन्धानकर्ता तथा नागरिक समाज संस्थाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाले बालबिबाह अन्त्य गर्न स्थानिय तहमा तिनैतहको सरकारले लगानी योजना बनाएर नागरिक समाज र सरकार बिचको कार्यगत एकता गर्दै मिहिन ढंगलेकार्य गर्न पर्ने बताएका थिए।
कार्यक्रममा गल्र्स नट ब्राईड्स की एसियाका लागि क्षेत्रीय साझेदारी तथा प्रभावसम्बन्धी वरिष्ठ अधिकृत सृष्टि कोलाक्षपती ले गल्र्स नट ब्राईड्सको परिचय तथा आप्रवासन र बालविवाहसम्बन्धी अध्ययनका बारेमा जानकारी गराउनुभयो । उनले नेपाल कोलेसनको सदस्य संस्थाहरुले अबको दिनको प्राथमिकिकरण, नया रणनिती र बाल बिबाह अन्त्य गर्न बालिकामा लगानी अभिबृद्धि हुन पर्ने धारणा राखेकी थिइन्।
त्यसैगरी ओडिआई ग्लोबल की लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी प्रमुख अनुसन्धानकर्ता एवं गेग की निर्देशक डा. निकोला जोन्सले गेगको परिचय तथा किशोरकिशोरीको समग्र कल्याण सम्बन्धी अनुसन्धानका बारेमा प्रस्तुति राखेकी थिइन्।
महिला, बालबालिका लैगिंक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दुर्गा प्रसाद चालिसेले कार्यक्रमको उद्घाटन मन्तव्य व्यक्त गर्नु हुदै सरकार बालबिबाह अन्त्य गर्ने सवालमा कटिबद्ध रहेको बताए। उनले सरकारले मनिलामा सम्पन्न दोश्रो मन्त्रीस्तरिय अन्र्तराष्टिय मन्चमा बालबिबाह अन्त्य लगायत सात बटा बालहिसां अन्त्य गर्ने प्रतिबद्धता जाहेर गरेकोले अब बालबिबाह अन्त्य गर्ने सरकारको प्राथमिकतामा परेको छ । उनले अब केहि समय भित्रमा मन्त्रालयले बाल बिबाह मुक्त स्थानिय तह घोषणा निर्देशिका पारित गर्दै स्थानिय तहबाट बालबिबाह अन्त्य गर्ने कार्ययोजना अनुरुप कार्य गरिने कुरा जानकारी दिएका थिए ।
कार्यक्रममा किशोरकिशोरीको अधिकार, बालविवाहका जोखिम तथा अन्त्यका लागि आवश्यक नीतिगत प्राथमिकतासम्बन्धी दुई महत्वपूर्ण अनुसन्धानका निष्कर्ष प्रस्तुत गरिएका थिए ।
पहिलो प्रस्तुतिः नेपालमा कम उमेरमा हुने विवाह, बालविवाह तथा जबरजस्ती विवाह र श्रम आप्रवासनबीचको अन्तरसम्बन्ध ः प्राथमिक कार्यहरू बारे रहेको थियो । उक्त अनुसन्धानको निष्कर्ष नाईसर की कार्यकारी निर्देशक एवं अनुसन्धान टोली प्रमुख डा. अनिता घिमिरेले प्रस्तुत गरेकी थिइन्।
प्रस्तुतिमा श्रम आप्रवासन र बालविवाहबीचको सम्बन्ध, विवाहसम्बन्धी निर्णयलाई प्रभावित गर्ने सामाजिक तथा आर्थिक पक्ष, किशोरकिशोरी र परिवारले सामना गर्नुपर्ने चुनौती तथा बालविवाह अन्त्यका लागि आवश्यक नीतिगत र कार्यक्रमगत प्राथमिकताहरू समेटिएका थिए।
प्रस्तुतिपछि सहभागीहरूले अनुसन्धानका निष्कर्षमाथि छलफल गर्दै नेपालमा बालविवाह अन्त्यका लागि भइरहेका प्रयास अनुभव तथा चुनौतीहरू बारे बताएका थिए । छलफलमा युएनएफपिए र युनिसेफ को प्रस्तुती प्रज्ञा शाह कार्की, ले प्रस्तुत गर्दै बाल विवाह अन्त्य गर्न युएनएफपिए र युनिसेफले संचालन गरिरहेको माडेलबाट भएको सकारात्मक प्रभाबको बारेमा बताएकी थिइन्।
दोस्रो प्रस्तुतिः गेग अनुसन्धानका निष्कर्ष, किशोरकिशोरीको कल्याण तथा बालविवाहको जोखिममा पर्ने प्रभावको बारेमा रहेको थियो । दोस्रो अनुसन्धान प्रस्तुतिमा किशोरकिशोरीको समग्र कल्याण, उनीहरूले सामना गर्ने विविध चुनौती तथा बालविवाहको जोखिमसँग सम्बन्धित गेग अनुसन्धानका निष्कर्षहरू प्रस्तुत गरिएका थिए। उक्त प्रस्तुति नाईसरकी कार्यकारी निर्देशक तथा अनुसन्धान टोली प्रमुख डा. अनिता घिमिरे ले गरेकी थिइन्। प्रस्तुत निष्कर्षले किशोरकिशोरीका विविध अनुभव, जोखिम, अवसर तथा आवश्यकतालाई बुझेर उनीहरूको अधिकार संरक्षण, समग्र विकास र सर्बोत्तम हित प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिएको थियो।
कार्यक्रमको एक महत्वपूर्ण तथा भावनात्मक क्षण नेपाल सरकारले बालविवाह अन्त्यका लागि व्यक्त गरेको प्रतिबद्धताको सम्मान गर्नु रहेको थियो।
मनिलामा सम्पन्न बालबालिकाविरुद्ध हुने हिंसा अन्त्यसम्बन्धी दोस्रो विश्वव्यापी मन्त्रीस्तरीय सम्मेलनमा नेपाल सरकारका माननीय महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक एवं सामाजिक सुरक्षा मन्त्री माननीय सीता बादीले नेपालमा बालविवाह अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन्। बालबालिकाविरुद्ध हुने हिंसा अन्त्यका लागि नेपालले व्यक्त गरेका व्यापक प्रतिबद्धतामध्ये बालविवाह अन्त्य पनि एक महत्वपूर्ण प्रतिबद्धता रहेको थियो।
उक्त प्रतिबद्धताको सम्मान धन्यवाद तथा खुसी व्यक्त गर्न बालिका दुलही होइनन् नेपालका अध्यक्ष प्रकाश खतिवडाको प्रस्तावमा कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीहरूले माननीय मन्त्री सीता बादीप्रति एक मिनेट करतल ध्वनिका साथ सम्मान व्यक्त गरेका थिए।
त्यसैगरी, नेपालमा बालविवाह अन्त्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका प्रतिनिधिसभाका माननीय सदस्यहरू माननीय डा. तोसिमा कार्की, माननीय ज्ञानु पौडेल, माननीय प्रभा ढकाल लाई पनि सहभागीहरूले करतल ध्वनिका साथ सम्मान तथा धन्यवाद व्यक्त गरेका थिए।
कार्यक्रमको अन्त्यमा चिट्टागङ विश्वविद्यालयकी मानवशास्त्र विषयकी प्राध्यापक डा. खदिजा मितु ले प्रमुख निष्कर्ष प्रस्तुत गर्दै धन्यवाद ज्ञापन व्यक्त गरेकी थिइन्।


