सौराहा । चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा गत शुक्रबारदेखि सुरु भएको १९औँ संस्करणको हात्ती तथा पर्यटन महोत्सव आइतबार समापन भएको छ ।
सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वनको मैदानमा जारी महोत्सव आइतबार सकिएको हो । कार्यक्रममा पर्यटन, वन तथा वातावरण क्षेत्रका सरोकारवाला, स्थानीय व्यवसायी, पर्यटन उद्यमी, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउने उद्देश्यका साथ सुरु भएको महोत्सवको समापन का दिन देखिएका दृश्यहरु हाम्रा क्यामरामा कैद भएका छन् । हेर्नुहोस यो फोटोफिचरमा...








