काठमाडौँ । गत शुक्रबार र शनिबार आएको अविरल वर्षाले देशभर विध्वंस मच्चायो । काठमाडौँका बागमती, विष्णुमती, मनोहरा लगायत खोला किनारमा बस्ने सुकुम्बासीलाई बाढीले झन् बिचल्लीमा पार्यो। कतिका टिनका घर बगायो भने कतिको घरमा बाढी छिर्यो । बाढी घरभित्रै पसेपछि उनीहरूले घरभित्रबाट पानी फाल्दै सफा गरेर फेरि बस्न थालेका छन् ।
काठमाडौँका खोला किनारका सुकुम्बासीको यो नियती सधैँको हो । तर किन बाढीको जोखिम मोलेरै भएपनि सुकुम्बासीहरू बस्नलाई किनारै रोज्छन् ? कतिपयले गैर– सुकुमबासीले केही मानिसहरू घरजग्गा हुँदाहँुदै पनि सुकुुमबासी बनेर खोलाको किनारमा बसेको दाबी गरेका छन् ।
गैर–सुकुम्बासीले यो कुरालाई कसरी हेरेका छन् त ? हेरौं आजको भक्सपपमा यसै विषयमा गैर सुकुम्बासीको धारण जस्ताको त्यस्तैः


