Logo

शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३

काठमाडौंमा मौसम सुधार, कोशी र मधेश प्रदेश प्रभावित हुने

काठमाडौंमा मौसम सुधार, कोशी र मधेश प्रदेश प्रभावित हुने

आइतबार, असोज १९ २०८२
आइतबार, असोज १९ २०८२
  • काठमाडौं । काठमाडौं उपत्यका लगायत केही स्थानहरुमा आज बिहानदेखि मौसममा सुधार आएको छ । बिहानैदेखि पानी पर्न रोकेपछि मौसममा सुधार आउँदा जनजीवन सामान्य बन्दै गएको छ । 

    images


    यद्यपि जल तथा मौसम विज्ञान विभागले आज दिउँसो र राति देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । जसमा आज कोशी प्रदेश र मधेश प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रहनेछ ।बागमती प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रहने अनुमान गरिएको छ भने बाँकी भूभागमा आंशिक बदली रहने अनुमान छ । कोशी र मधेश प्रदेशका धेरै स्थानमा, साथै अन्य प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।

    विभागका अनुसार आज राति कोशी, मधेश र बागमती प्रदेशका साथै देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ । यी प्रदेश तथा पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।

    कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावनासमेत विभागले उल्लेख गरेको छ । अहिले देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायूको प्रभाव रहेको छ ।

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij