काठमाडौं । अव्यवस्थित घरटहरालाई व्यवस्थापन गर्ने भन्दै गत शुक्रबार काठमाडौं महानगरपालिकाले डोजर चलाउँदा सुकुम्बासीको चर्को विरोध हुँदै आएको छ । बालेन साह मेयर बनेयता नियमित काम अन्तर्गत गत साउन ३० गते पनि महानगरपालिकाले सुकुम्बासी बस्तीमा डोजर चलाएको हो ।
महानगरले मनोहरा खोला छेऊका सुकुम्बासी बस्तीमा डोजर चल्न थालेपछि सुकुम्बासीले अवरोध गरेका थिए। नगर प्रहरी र सुकुम्बासीबिच झडप नै भएको थियो । तर महानगरका प्रहरीले अवरोध गर्ने सुकुम्बासीलाई नियन्त्रण गरेर भए पनि डोजर चलाएका थिए ।
मापदण्ड विपरित बनाइएका घर टहरा भत्काउन यसअघि पटकपटक सूचना जारी गरे पनि स्थानीयले बेवास्ता गरेपछि डोजर चलाउनु परेको महानगरले स्पष्ट पारेको छ । आज हामीले यही सन्दर्भमा आजको भक्सपपमा सुकुम्बासी वस्तीमा महानगरपालिकाले डोजर चलाउनु ठिक कि बेठिक भनेर सोधेका छौं । हेरौं उनीहरुको धारणा जस्ताको त्यस्तै :


