Logo

शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३

ओलीसँगै जेल परेका बा

ओलीसँगै जेल परेका बा

शुक्रबार, पुस १८ २०८२
शुक्रबार, पुस १८ २०८२
  • काठमाडौँ । दुर्गा प्रसाद अधिकारीको जन्म २००३ साल माघ १२ गते इलाम जिल्लामा भएको हो । आफू पाँच बर्ष र भाइ साढे दुइ बर्षको हुँदा उनले आफ्नो अभिभावक गुमाए । त्यसपछिको उनीहरूको जीवन १६ वर्षसम्म अर्काकै घरमा बित्यो । त्यतिखेर जग्गा सस्तो थियो । उनले जसातसो दश कठ्ठा जमिन जोडे जुन अहिलेसम्म छ ।

    images

    उनले वि.स २०२६ सालमा विवाह गरे । हाल उनको दुईओटा छोरा छन् जसमध्ये एउटा छोरा काठमाडौंमा र अर्काे छोरा झापाको चारआलीमा छन् । उनी जेठो छोराको परिवारसँग काठमाडौंमा बस्छन् । त्यस्तै उनकी कान्छी श्रीमतीको कान्छो छोरा पनि त्यही घरमा तल्लो तल्लामा बस्छन् ।

    १६ वर्षसम्म अर्काको घरमा बस्दा उनले पढ्न पाएनन् । अरुको खेतीपाती गरेर बसे । काम गर्दागर्दा उनी बलियो भए्, जुनसुकै काम पनि गर्न सक्ने भए । उनलाई अचानक २७/२८ सालतिरको किसान आन्दोलनमा भाग लिने चेतना आयो । त्यतिखेरको व्यवस्था र अवस्था परिवर्तन गर्ने भनेर उनले राजनीतिक आन्दोलन गरे । त्यतिखेर उनको उमेर मात्र २३ वर्षको थियो । त्यतिखेर अनेरास्ववियुमा काम गर्ने साथीहरुले त्यो बेलाको परिस्थितिहरु बताउँथे । उनले पनि पत्रपत्रिका पढ्थे । त्यसैबाट उनले केही श्रोतहरू फेला पारे र उनी आन्दोलनमा भाग लिन हौसिए ।

    वि.स २०२८ सालदेखि उनी सचेत भएर राजनितीमा लागेका थिए । उनलाई अहिलेसम्म पनि आफू सचेत नै छु जस्तो लाग्छ । उनले अहिले पनि देशको परिस्थितिलाई बदल्नको लागि र अन्याय अत्याचार विरुद्धको पक्षमा आफ्नो विचार बूढो नभएको बताउँछन् । जनताको चेतना जगाउने काममा उनी अहिले पनि सक्रिय भएर लागिरहेका छन् । २०२८ सालको किसान आन्दोलनमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पनि त्यसमै होमिएका थिए । त्यतिखेर केपी ओलीसंगै मोहन चन्द्र अधिकारी, राधाकृष्ण मैनाली, चन्द्रप्रकाश मैनाली लगायत थुप्रै नेताहरूले देशव्यापीरूपमा आन्दोलन गर्ने भनेर लागी परे । उनीहरुले पटाको भाउ नभएको कारणले पाटा काण्ड गरे ।

    यस्तै किसान आन्दोलनमा उनले १५ वर्षसम्म सहकार्य गरे । यही कामको दौरानमा उनीलाई ज्यान मुद्दा लागेर उनीहरु जेल समेत परे । उनी १० बर्ष जेल बसे । त्यतिखेल आमूल परिवर्तन गर्ने अठोटका साथ राजनीतिमा लागेका केही साथीहरुले पार्टी नै त्यागेको र पार्टीमै लागेका साथीहरूले पनि खासै राम्रो काम नगरेको उनको गुनासो छ । उनी आन्दोलनको क्रममा चार बर्षभित्र एघार पटकसम्म पक्राउ परे । १२औ पटक पक्राउ पर्दा भने उनलाई जन्मकैद हालियो । त्यतिखेर उनी मोरङको गोविन्दपू्र गाविसबाट पक्राउ परेपछि उनलाई फेरि झापा पठाइयो । झापामा दुईबर्ष बसेपछि उनले त्यहाँ धेरैकुरा भोगे ।

    कारागारमा आएपछि सर्वाेच्च सहित जन्मकैदमा परे पछि उनीहरूले बहूदल पनि ल्याए । बहूदलपश्च्यात उनीहरुले माफी पनि पाए । अझै राम्रो तरिकाले देशलाई अगाडी लैजाने उनीहरुको अठोट थियो । त्यसैबेला चुनाव आयो । चुनावमा उनले राम्रो राम्रो साथीहरुलाई भोट दिएर चुनेर सत्तामा पू¥याउने काम गरे । २०३९ साल पुषको १४ गते राजाले आम माफि दिएपछि उनी नख्खु कारागारबाट छुटे । छुटिसकेपछि उनी काठमाडौँ बसेनन् । उनी झापा फर्केर गए । झापा पुगेपछि पनि फेरि २०६३ सालदेखि २०७० सालसम्म आन्दोलनमा सक्रिय रहे । उनैले साथीहरुलाई सत्तामा पू¥याए । तर अहिले बहूदलिय व्यवस्थालाई उनीहरुले चिन्न नसकेको उनको गुनासो छ । आफ्नो स्वार्थ पूरा गर्नको लागि गुठबन्दी गराएर देश र पार्टीलाई सखाप पार्न खोजेको देखेर उनी चिन्तित छन् । उनी यसको सधैं विरोध गरिरहने छन् ।

    अहिले भने उनी केही गर्न नसक्ने अवस्थामा थिमीमा बसिरहेका छन् । अब आउने पिढीलाई उनी गहिरिएर सोच्नुपर्ने सल्लाह दिन्छन् । आजभोलि विवाह, ब्रतबन्ध, न्वारन जस्ता कर्महरु गर्ने तरिका परिवर्तन हुदैं गइरहेको उनको अनुभव छ । धर्म गर्दागर्दै यसलाई आफ्नो सिमानाभन्दा बाहिर पू¥याइएको जस्तो उनलाई लाग्छ । त्यसैले हामीले धर्म मानेर यसलाई सुर्धादै लैजानुपर्ने उनी बताउँछन् । रुद्रि, बेद र चण्डी जस्ता धार्मिक पुस्तकहरु उनले नेपाली भाषामा पढेका छन् । यस्ता पुस्तकहरु ब्राम्हणले मात्र नभइ सबैले पढ्नुपर्ने उनी सल्लाह दिन्छन् । पूरानो र नयाँ सबै पुस्तक पढ्नुपर्ने उनी बताउँछन् । त्यतिखेर मोबाइल थिएन । विंस २०१२ सालतिर रेडियो आएको थियो । त्यतिनै बेला एउटा ग्यासको चूलो जस्तो भाडा पनि आएको थियो जसमा चक्का राखेर बजाउन मिल्थ्यो । त्यसलाई फोन बाजा भनिन्थ्यो । मोबाइल र रेडियो नहुँदा हरेक पञ्चायतमा त्यहाँँ हुलाकी राखिएको हुन्थ्यो । जसले जिल्लाभरीको चिठ्ठी बोकेर चल्थे । हुलाकी हिडेको देखेपछि सबैले बाटो छोडिदिनु पथ्र्यो । हुलाकीले गाउँगाउँ र घरघरमा चिठ्ठी पू¥याउँथ्यो । त्यसरी हुलाकीको काम गरेवापत अहिलेसम्म जीवीत रहने हुलाकीले पेन्सन पाइरहेका छन् ।

    यो पृथ्वीमा धेरै नयाँकुराहरु छन् जसलाई अनुन्साधन गरेर व्यवहारमा नयाँ पिढीले ल्याउनु पर्ने उनी बताउँछन् । पहिलेको समयमा मान्छेलाई एक सरोे कपडा लाउन पाउँदा, खान पाउँदा र काम गरेर खान पाउँदा पुग्थ्यो भने अहिलेको समयमा हाम्रो सुख गर्ने चेतना बढेको छ । अहिलेको मानिसलाई धेरैभन्दा धेरै सुविधा चाहिएको छ । पहिलापहिला भात खान बस्दा कपडा लगाउनु हुदैंन थियो । साधा जिवन उच्च बिचार भन्ने भनाइलाई उनी अनुसरण गर्छन् । अर्काको डाह र रीस गर्नुहुदैंन भन्ने पक्षमा उनी छन् । यो अस्तव्यस्त देश कहिले व्यवस्थित होला भन्ने कुराले उनलाई सधैं सताइरहन्छ । आउने पिढीहरुले यी सबैकुरालाई मूल्यांकन गरेर फराकिलो विचार राखेर यो देशको लागि सोचिदिएमा पछि आउने पिढी पनि अहिलेको पूस्ताप्रति कृतज्ञयी हुने थिए जस्तो उनलाई लाग्छ । धेरै कमाउँछु भनेर धेरै कामहरु उनले सुरु गरे । धेरै ठाउँमा उनी जमिन फाँड्न गए । तर कतै पनि उनी सफल हुन सकेनन् । उनले शुद्ध मनले देशको लागि काम गर्दागर्दै पनि देशको अवस्था नसुध्रिएकोमा उनलाई दुःख लाग्छ ।

    उनको एउटा छोरा थिमीमा छन् भने अर्को छोरा झापाको चरआलीमा बहूउद्देश्य बैंकमा कार्यरत छन् । आफूले देशको लागि आन्दोलन गरेर जेल जाँदा पनि सरकारले आफ्नो लागि केही व्यवस्था नगरेको उनको गुनासो छ । आफूसंगै जेल परेको ओलीले सत्तामा पुगेपछि गरेको बेवास्ताले उनको मन बिज्छ । उनलाई जीवन परिस्थितिको पात्र हो जस्तो लाग्छ । उनले चिताएको कुरा देशले पाउन नसकेकोमा उनलाई दुख लाग्छ । उमेरले ७९ बर्ष लागेका दुर्गा प्रसाद नयाँ पूस्तालाई नयाँ कु्राको खोजी गर्न सल्लाह दिन्छन् ।

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij