Logo

आइतबार, भदौ ७ २०८३

आइतबार, भदौ ७ २०८३

थिमी विशेष

जात्रामा खट बोक्ने युवा घट्यो

जात्रामा खट बोक्ने युवा घट्यो

आइतबार, साउन ४ २०८२
आइतबार, साउन ४ २०८२
  • काठमाडौं । नेवार समुदायमा विभिन्न देवीदेवता राखेर खट बोक्ने अनि जात्रा गर्ने प्रचलन रही आएको छ । नेवारहरुको बाहुल्य रहेको मध्यपुर थिमी नगरपालिकामा खट जात्राको संख्या धेरै छ । 

    images

    मध्यपुर थिमीमा ३२ खट जात्रा अर्थात सिन्दुरे जात्रा, लोकेश्वर खट जात्रा, सिद्धि गणेश खट जात्रा, कुमारी खट जात्रा जस्ता धेरै खट जात्रा मनाइन्छ । धेरै जात्राका धनी मानिने यो नगरपालिमाका खटका जात्राहरुमा युवाका कारण असर पर्ने अनुमान स्थानीयको छ । नयाँ पुस्ताले खर्पण बोक्न नपाएकै कारण खट बोक्ने जनशक्तिको अभाव हुँदा जात्रामा असर पर्ने आँकलन गरिरहेका छन् । पहिले पहिले ६० देखि ७० किलोको तरकारी तथा अन्न बोक्ने स्थानीय हुँदा खट बोक्नका लागि लाइन लाग्ने जनशक्ति धेरै हुन्थे । तर अहिले भने जनशक्ति खोज्ने अवस्था आएकोमा उनीहरु चिन्ता व्यक्त गर्छन् ।


    आज हामीले भक्सपपमा खट बोक्ने युवाहरुको कमी भएको र जात्राको संस्कृतिमा फरक आएको हो भनेर सोधेका छौं । हेरौं उनीहरुको धारणा जस्ताको त्यस्तै:

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij