काठमाडौं । आजभोलि कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) को प्रयोग बढ्दो छ । दिनप्रतिदिन यसको सामग्री उत्पादनमा अचम्म तरिकाले सुधार देखिँदैछ।
श्रव्यदृश्य सामग्री, फोटो अनि यसका लेखाइ सबैमा मान्छेले जस्तै सिर्जना दिन सक्छ। मान्छेले छुट्याउनै नसक्ने गरी हुबहु आफ्नो सिर्जनामा उतार्न सक्छ । यति हुँदाहुँदै पनि प्रविधिको विकासलाई सबैले सही तरिकाले प्रयोग गरेको भने पाइँदैन । प्रविधिले दिएको यसै सुविधाको गलत प्रयोग गरेर अरुको चरित्र हत्या, मानहानी हुनेगरी सामग्री उत्पादन गर्ने प्रवृति बढ्दो छ। हिजोआज यती, कुकुर र बिरालो पात्र धेरै चल्तीमा छन् । उनीहरुका श्रव्यदृश्य सामग्रीले सामाजिक सञ्जालमा यत्रतत्र पाइन्छन् ।
एआईको सिर्जनाका सन्दर्भमा प्रविधिसँग परिचित युवालाई आज हामीले कृत्रिम बौद्धिकताको आजभोली कसरी प्रयोग भइरहेको छ भनेर प्रतिक्रिया लिएका छौं । हेरौं उनीहरुको धारणा जस्ताको त्यस्तै :


