काठमाडौं । आज आइतबार असार १५, अर्थात राष्ट्रिय धान दिवस, आजको दिनलाई नेपालमा कृषि पेशा अंगाल्ने किसानहरुको उत्सवका रुपमा लिइन्छ । असार १५, मुख्य बाली धानको रोपाइँका साथै हाम्रो संस्कृति र सभ्यतासँग गाँसिएको महत्वपूर्ण दिन पनि हो ।
यस दिनदेखि किसानहरु वर्षाको सुरुवात् भएको, आफ्ना कामको चाँपका दिन आएका, अनि समाजको प्रतिष्ठासँग जोडिएको खाद्य बाली धानको रोपाइँमा लाग्छन् भने काम सकेर दही चिउरा खाने प्रचलन छ। रोपाइँका क्रममा खेतको रौनक छुट्टै हुन्छ । तर समय परिवर्तनभएसंगैं रोपाइँको रौनक, आनन्द र महिमा कम हुँदै छ ।धानको महत्व र भातलाई प्रतिष्ठा मान्ने प्रचलन पनि हट्दै छ अनि खेतीकिसानी पेशामा लाग्नेको संख्या कम हुँदैछ ।
यसै सन्दर्भमा आज हामीले किसानी पेशामा आकर्षण घट्नुको कारणबारे आमनागरिकलाई सोधेका छौं । हेरौं उनीहरुको प्रतिक्रिया जस्ताको त्यस्तै :


