Logo

आइतबार, भदौ ७ २०८३

आइतबार, भदौ ७ २०८३

'मोबाइल होइन समय दिनुहोस्'

'मोबाइल होइन समय दिनुहोस्'

मंगलबार, जेठ २७ २०८२
मंगलबार, जेठ २७ २०८२
  • काठमाडौं । १४ वर्ष नपुग्दै बालबालिकामा मानसिक स्वास्थ्य समस्या सुरु भइसक्ने अध्ययनले देखाएको छ । मार्क नेपालमा कार्यरत मनोविद गोपाल ढकालका अनुसार मानसिक स्वास्थ्य समस्याको मुख्य कारकका रुपमा पछिल्लो समय सामाजिक सञ्जाल र अनलाइन गेम रहेका छन् । 

    images


    उनका अनुसार केही समययता बालबालिकामा परिवारजन्य, व्यवहारजन्य र पढाइसम्बन्धि समस्या देखिएका छन् । जुन समस्या मानसिक स्वास्थ्यसंग सम्बन्धित छन् ।  यसले गर्दा रिसाउने, जिद्दी गर्ने, देखावटी गर्ने जस्ता बानी, बालबालिकामा वृद्धि भएको पाइन्छ । उनले भने, 'बालबालिकाले परिवार तथा विद्यालयमा पनि राम्रो वातावरण पाएन भने मानसिक स्वास्थ्य समस्या बढ्ने जोखिम उच्च हुन्छ ।' 


    मनोविद ढकाल बताउँछन्, '१८ वर्षसम्म बालबालिकालाई अभिभावकको अत्यधिक समय चाहिन्छ । तर गरिबलाई पैसा र धनीलाई व्यस्तताका कारण अभिभावकले पर्याप्त समय आफ्ना बालबालिकालाई दिन नसक्नु नै ठुलो बिडम्बना हो । त्यसैले यस्तो अवस्थामा खेलौनाको रुपमा मोबाइल होइन, उनीहरुलाई समय दिइयो भने मानसिक समस्याको जोखिम कम गर्न सकिन्छ ।' 

    मोबाइल, टिभी, कम्प्युटर लगायतका साधनमा लत बस्नु पनि एक रोग नै भएको बताउँदै उनले बालबालिकालाई निश्चित समय तोकेर यस्ता उपकरण हेर्ने बानीमा नियन्त्रण गर्न सकिने उपाय सुझाए । थप सुनौं मनोविद गोपाल ढकालको यो अन्तर्वार्तामा । 

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij