Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

प्रचण्डप्रति गगन थापाको कटाक्ष : बालुवाटारमा एउटा कुरा, खुमलटारमा अर्को !

प्रचण्डप्रति गगन थापाको कटाक्ष : बालुवाटारमा एउटा कुरा, खुमलटारमा अर्को !

भक्स पप नेपाल
बिहीबार , फागुन ५ २०७८
भक्स पप नेपाल
बिहीबार , फागुन ५ २०७८
  • सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदबाट एमसीसी अनुमोदन गर्ने विषयमा आफ्नो पार्टी अडिग रहेको बताएका छन् । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध कटाक्ष पनि गरेका छन् ।

    images

    बिहीबार बिहान प्रधानमन्त्री निवास (बालुवाटार) मा कांग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तक विमोचन समारोहमा थापाले भने, ‘बालुवाटारमा एउटा कुरा र खुमलटारमा अर्को कुरा गर्ने पार्टी होइन कांग्रेस ।’

    यस्तै उनले कांग्रेस प्रतिपक्षमा हुँदा एउटा र सरकारमा हुँदा अर्को कुरा गर्ने पार्टी नभएको बताए । ‘कांग्रेस एमसीसी पास गर्ने कुराका अडिग छ’, महामन्त्री थापाले भने, ‘सत्तामा हुँदा एउटा र प्रतिपक्षीमा हुँदा अर्को कुरा गर्दैन ।’

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij