काठमाडौं ।काठमाडौं उपत्यका प्रहरीले ध्वनि प्रदुषण कम गर्न भन्दै राजधानीवासीलाई लक्षित नयाँ निर्देशन जारी गरेको छ । ‘ध्वनि, धुवा र फोहरमुक्त छिमेकी अभियान’ थालनी गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले राती अबेरसम्म ठूलो स्वरले गफगाफ गर्न नहुने, राति गेट ढक्ढकाउने र बेल बजाउने काम नगर्ने, अबेरसम्म गीत बजाएर नाचगान गर्न नहुने, भान्सामा भाँडाकुँडाको ठूलो आवाज ननिकाल्ने, व्यायामका समयमा अनावश्यक रुपमा खोक्ने वा खकार्ने कार्य नगर्न निर्देशन दिएको छ ।
त्यस्तै, मोटरसाइकल तथा अन्य सवारीसाधनका चालकलाई बिहान सबेरै ठूलो आवाजसहित इन्जिन स्टार्ट नगर्न र सवारीसाधनले ठूलो आवाज गर्ने खालको भए आवासीय क्षेत्रभन्दा टाढा गएर मात्र स्टार्ट गर्न प्रहरीले आग्रह गरेको छ । साथै प्रहरीका अनुसार ध्वनि प्रदुषण गर्ने व्यक्ति वा संस्थालाई निर्देशन विपरीत कार्य गरेको खण्डमा तीन लाखसम्म जरिवाना गर्न सक्नेछ ।
आज हामीले भक्सपपमा उपत्यका प्रहरीबाट जारी भएको ध्वनि प्रदुषण रोक्न राजधानीबासी लक्षित निर्देशनका बारेमा आमनागरिकको धारणा लिएका छौं । हेरौं उनीहरुका धारणा जस्ताको त्यस्तै :


