काठमाडौं । शिक्षा पाउनु सबैको मौलिक अधिकार हो । नेपालको संविधानले पनि सबै नागरिकलाई शिक्षामा समान पहुँच सुनिश्चित गर्ने ग्यारेन्टी गरेको छ । तर यतिबेला शिक्षा अत्यन्तै खर्चिलो छ । जसका कारण संबिधानमा उल्लेखित त्यो हकमा सबैको पहुँच पुगेको छैन ।
के सरकारले निजी विद्यालयहरूलाई नियमन गर्न सकेको छ? के विद्यार्थी र अभिभावक शिक्षाको मूल्य वा गुणस्तरमा सन्तुष्ट छन् ? यी प्रश्न पेचिलो बन्दै गएको छ ।यही पृष्ठभूमिमा ‘महंगो शिक्षाः सीमा र नियमन’ विषयमा भक्सपप नेपालको सार्वजनिक बहस कार्यक्रम भक्सपप डबली केन्द्रित छ । कायक्रमका मुख्य वक्ताहरु बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामा, शिक्षा मन्त्रालयका उपसचिव निलकण्ठ ढकाल र प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी रहेका छन् । कार्यक्रमलाई शिक्षा पत्रकार सुदर्शन सिग्देलले सहजकर्ताको भूमिका निभाएका छन् । कार्यक्रम भक्सपप डबली हेरेर कार्यक्रमबारे प्रतिक्रिया अवश्य दिनुहोला ।


