काठमाडौं । उपत्यकाका खोला किनारमा रहेका सुकुम्बासी बस्तीमा मनसुनजन्य बाढी र डुबानको त्रास बढ्दो छ ।
गत बैशाख २१ देखि तीनदिन लगातार परेको पानीले विष्णुमतीमा बाढी आउँदा कंकेश्वरीको सडक डुबानमा प¥यो भने बागमतीको सतह ह्वात्तै बढ्यो । बागमतीमा पानी बढेसंगैं यहाँका खोला किनारमा बसोबास गर्ने व्यक्तिहरुलाई पोहोरको बाढी र बस्ती डुबानको घटनाले पिरोल्छ । अनि आफ्ना क्षतिबारे झस्काइरहन्छ ।
मनसुन नजिकिएका बेला हामीले यसपाली पनि बागमतीमा आउनसक्ने बाढीको डर कत्तिको छ भन्ने प्रश्न यहाँका सुकुम्बासी बस्तीमा गएर सोधेका छौं । सुनौं उनीहरुको आवाज जस्ताको त्यस्तै :


