काठमाडौं । बैशाख कृष्ण अमावस्या अर्थात मातातीर्थ औंसी । यस दिन आफूलाई जन्मदिने आमा र मातृत्वको सम्मान गर्ने गरिन्छ । यस दिन मानिसहरूले आमाहरूलाई मिठाई, कपडा र अन्य उपहारहरू प्रदान गर्छन्। यद्यपि सामाजिक सञ्जालको प्रयोग बढेसंगै आमाको मुख हेर्ने, आमालाई सम्मान स्वरुप उपहार दिने र खुसी साटासाट गर्ने चलन फेरिन थालेको छ । आमालाई महंगा उपहार दिएको, खुसी साटेको तथा माया गरेका फोटो अनि भिडियो सामाजिक सञ्जालमा पोष्ट भएका छन् । नभएको आर्थिक वा सामाजिक हैसियत देखाउन खोज्नु तथा विभिन्न तडकभडकले स्थान जमाउन थालेको यो अवसरमा हामीले मातातीर्थ औंसीमा गर्नुपर्ने आमाको सम्मान कस्तो हुनुपर्छ भनेर सोधेका छौं ।
सुनौं उनीहरुको प्रतिक्रिया जस्ताको त्यस्तै :


