Logo

आइतबार, मंसिर १३ २०८३

आइतबार, मंसिर १३ २०८३

मातातीर्थ औंसी

सन्तान पाएर पनि एक्लिएकी अमृतकुमारी

सन्तान पाएर पनि एक्लिएकी अमृतकुमारी

जिवित आमाको सम्मान स्वरुप मिठा मिठा परिकार खुवाउने र दिवंगत आमाको सम्झनामा तर्पण दिने दिन ।

आइतबार, वैशाख १४ २०८२
आइतबार, वैशाख १४ २०८२
  • काठमाडौं । जीवनका अनेक रंग धादिङकी अमृत कुमारी अधिकारी। सन्तान पाउने सौभाग्य प्राप्त त भयो तर वंश नै नाश भएको दिनदेखि अमृतकुमारी एक्लिएकी छिन् ।

    images

    अमृतकुमारी अहिले काठमाडौंको टोखास्थित नवजीवन परोपकार समाजमा सेवा गर्दै आइरहेकी छिन् । उनीभित्रको ममता अरूलाई मल्हम बनेर बगिरहेको छ। समाजको आँगनमा बसेर यताउति सहयोग गर्ने अमृतकुमारीको बालखैमा बिहे भयो अनि किशोरावस्थामा एक छोराका आमा । छोरा २ वर्षकै छँदा उनको सिउँदो पुछियो, श्रीमानको मृत्युले उनी भर्खरकी किशोरी अवस्थामै एक्लो बन्नु प¥यो । एक्लै भएपनि उनले जिउने आधार एकमात्र छोरालाई बनाइन् र अगाडि बढिन् । छोरा हुर्काइन्, बढाइन् अनि पढाइन् पनि । तर छोराको बिहे भएको ठिक पाँच वर्ष मात्रै बितेको थियो, एउटै छोराले पनि उनको साथ छोड्यो र फेरि अर्को चोटी एक्लिइन् । छोरा बितेपनि नातीको हाँसोमा रमाउने चाहना थियो उनको । दुर्भाग्य यो चाहना पनि पूरा भएन । छोरा बितेको १३ औं दिनमा नातीले पनि यो संसारलाई विदा गरे । यो कस्तो नियती रु छोरा, नातीको वियोग एकैचोटी अमृतकुमारीले कसरी सहिन् होला रु नातीको आगमनले उज्यालो बनेको घरमात्रै होइन उनको संसार एकाएक अँध्यारो बनेको थियो । 

    कल्पना गर्दा पनि आङ सिरिङ्ग हुन्छ । बुढो ज्यानको एक मात्र सहारा थिइन् उनकी दृष्टिविहीन बुहारी । उनीसँग बसेर सधैं आफ्नो हेरचाह सम्भव थिएन। त्यसैले केही समयका लागि काठमाडौं आइन् र एकछिनको लागि आफैंलाई सम्हाल्ने प्रयास गरिन् उनले । काठमाडौं आएपछि कति दिन सडकमा बसेँ भन्ने सम्झना पनि छैन उनलाई । मनभित्रको आँसुले सडकको चिसोलाई जितेको थियो त्यतिबेला । 

    केही समय बहिनीको शरणमा पनि पुगेकी अमृतकुमारी, वृद्धाआश्रममा जाने निधो गरेपछि परोपकार समाजमा पुगेकी थिइन् । यहाँ उनी अन्य वृद्धवृद्धाकी सहयोगी साथी बनेकी छिन् । आमाको परिभाषा जीवनबाट मेटिएपनि उनी सेवा र समर्पणको जिउँदो उदाहरण बनेकी छिन् । अमृतकुमारीको यो अधुरो जीवन हाम्रालाई एक प्रेरणा बन्न सक्छ । जीवनमा परिवार आफन्तको साथ हराएपनि मानवीयता हराउनु हुन्न । अनि आफ्नो एक्लोपनालाई हटाउन आफैँले एक कदम अगाडि बढाउनुपर्छ जसरी अमृतकुमारीले गरिन् । 

     

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij