Logo

शनिबार, मंसिर १२ २०८३

शनिबार, मंसिर १२ २०८३

अझै विभेदको चपेटामा चेपाङ(भिडियोसहित)

अझै विभेदको चपेटामा चेपाङ(भिडियोसहित)

शुक्रबार, चैत ८ २०८१
शुक्रबार, चैत ८ २०८१
  • काठमाडौं। कमला चेपाङ अहिले चेपाङ समुदायको उत्थानकालागि निरन्तर आवाज उठाउने गर्छिन् । पिछडिएको समुदायलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने उनमा चिन्ता छ । अहिले उनी आफ्नो समुदायको सशक्तीकरण, विकास र आधारभूत आवश्यकताका विषयमा पैरवी गर्दै आएकी छन् ।   
     
    आफ्नो समुदायमाथिको विभेद अझै नरोकिएकोमा उनले दुखेसो गरिन् । समाज र विद्यालयमा हुने विभेदबारे उनले स्मरण गरिन् ‘हामीलाई समाजले हेर्ने दृष्टिकोण नै साँघुरो छ । फोहरी गरिब र अशिक्षितको उदाहरणका रूपमा हामीलाई चित्रण गरिन्छ । विद्यालयमा पनि यदि कोही अलि नजान्ने बच्चा होस् या अलि फोहर भएको उसलाई शिक्षकहरूले नै कस्तो चेपाङजस्तो भएको भन्थे ’उनले सरकारले यो समुदायको उत्थानकालागि काम गर्नुपर्ने बताइन् ।   
     
    राष्ट्रिय आदिवासी जनजाति महासंघकी उपाध्यक्ष तथा चेपाङ संघकी सचिव समेत रहेकी कमलाले विभेद अन्त्यसंगै चेपाङ समुदायको व्यवस्थापनमा राज्यले ध्यान दिनुपर्ने बताउँछिन् ।  चेपाङहरूको जीवन वन जंगल र जमिनसँग अति घनिष्ठ रूपमा जोडिएको छ । त्यसैले बसोबास पनि वन जंगलनजिक, भिरालो जमिन र खोलानजिक छरिएर रहेको पाइन्छ । तर, सरकारले जङ्गल संरक्षणको नाममा उनीहरूलाई बसोबास क्षेत्रबाट विस्थापित गर्ने प्रयास गरिरहेकोमा उनको दुखेसो छ । उनी भन्छिन् ‘हाम्रा पुर्खादेखि बस्दै आएको ठाउँबाट हामीलाई हटाइएको छ । कहिले वनको नाममा त कतै निकुञ्जको नाममा हामीलाई हटाइयो तर नयाँ ठाउँको व्यवस्थापन अझै हुन सकेको छैन हामी अस्थायी रूपमा नै बस्न बाध्य छौँ ’   
     
    सरकारले राहत स्वरूप २०३६मा ल्याएको प्रजा कार्यक्रमपनि बन्द भएको छ । हामी त समस्यै समस्यामा छौँ । कमला मात्रै होइन गोरखाका भीमबहादुर चेपाङलेपनि लालपुर्जा नपाउँदाको पिडा सुनाए ।उनी भन्छन् ‘ हरेक चुनावअघि सुकुम्वासीलाई जग्गा र लालपुर्जा दिने विषयले चर्चा पाउँछ तर चुनाव सकिएपछि यस्ता विषय सेलाउँछ ।बसिरहेका ठाउँबाट पनि हटाउने अनि अर्को व्यवस्था नगर्दा धेरै समस्या भएको छ ।’   
     
    नेपालका ३१ जिल्लामा चेपाङ समुदायको बसोबास छ ।  चितवन, गोरखा, मकवानपुर, धादिङ, तनहुँ र लमजुङमा चेपाङहरूको जनसंख्या  बढी भएको बताइन्छ । चेपाङहरूको भाषा, भेष भूषा, संस्कार, संस्कृति र परम्परागत सीप उनीहरूको पहिचानका आधार हुन्। उनीहरूको बसोबास क्षेत्र च्यूरीको रूख पाइने भूभागमा छ, जसले उनीहरूको सांस्कृतिक पहिचान बोकेको छ। चिउरीको घ्यूसमेत निकाल्न सकिन्छ । चेपाङ समुदायमा परम्परागत ढङ्गले मौरीपालन गरिन्छ । यो समुदायमा छोरीलाई बिहे गर्दा चिउरीको ठुलो रूख दाइजोको रूपमा माइतीले दिने गर्दछन् ।  
     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij