Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

आरन व्यवसायमा रमेका सत्यराज

आरन व्यवसायमा रमेका सत्यराज

आइतबार, फागुन २५ २०८१
आइतबार, फागुन २५ २०८१
  • काठमाडौं । आँगनभरि फलाम र कोइलाका  टुक्राहरू । रातो आगोको रापमा कोदालो बनाउँदै थिए सत्यराज बिक । कोइला पोल्न प्रयोग गरिने आरन र आरन नजिकै घन र हतौडा छन्। तिनै घन र हतौडासँग दिनहुँ खेल्छन् सत्यराज ।  खलाती चलाएर आरनमा घरेलु औजार बनाउने सत्यराजको पुख्र्यौली पेसा हो ।   

    images

    पोखराका सत्यराज अहिले काठमाडौंको गोकणेश्वर सुन्दरीजलमा आरन चलाएर बसिरहेका छन् । उनको आरनमा फलामबाट बन्न सक्ने सबै खाले सामानहरू बन्छन् । सत्यराजले नयाँ सामान बनाउने र पुरानालाई मर्मतसम्भार गर्ने काममा व्यस्त हुन्छन् सत्यराज । फलामबाट बन्ने हँसिया, कुटो, कोदालो, बन्चरो, दाबे, ताप्के, झाङ्गा र सिल्टेबाट बन्ने दिउरी, ताउलीलगायत सामानहरू बनाउने उनको सिप छ ।     

    केटाकेटी उमेरदेखि बाउ बाजेलाई सघाउँदै आएको यो पेसा अहिले पेट पाल्ने र परिवारको खर्च धान्ने आधार बनेको छ ।  सत्यराजले भने, ‘यही काम सिके, यसबाटै जीवन धानिरहेको छु, अब जीवन यसमै बित्छ होला ।’   ६२ वर्षको उमेरमा पनि उनले फलाम पिटिरहेका छन् । एक हातले फलामको कराँतिले फलाम नै समात्यो अनि एक हातले पिटिरह्यो दिनभर । यसरी नै उनको दैनिकी चलेको छ । जसले फलाम दिन्छ, उसैले भनेको जस्तै औजार उनी बनाउँछन् ।     

    कतिपय औजार उनी आफैँ पनि बनाएर पनि बेच्छन् । सबै औजारको फरक–फरक दररेट छ । आरन पेसाबाट कमाएको रकमले उनी घर खर्च चलाउँछन् । उनका अनुसार आरन पेसा दैनिक छाक टार्ने माध्यम बनेको छ ।  आरनबाट हुने कमाइमा उनी सन्तुष्ट छन्। ‘कहिले दिनमा एक–दुई हजार, कहिले पाँच–छ सय कमाइ हुन्छ । ’ तर युवा पुस्तामा यसको आकर्षण नभएको उनको अनुभव छ । मेहनत गर्नुपर्ने भएर नयाँ पुस्ताले यो व्यवसायलाई निरन्तरता दिन नसकेको उनको भनाइ छ । 

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij