Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

सलमान खान वैशाख ३ गते नेपाल आउने

सलमान खान वैशाख ३ गते नेपाल आउने

भक्स पप नेपाल
बिहीबार , फागुन ५ २०७८
भक्स पप नेपाल
बिहीबार , फागुन ५ २०७८
  • भारतीय सिने स्टार सलमान खान वैशाख ३ गते नेपाल आउने भएका छन्।

    images

    काठमाडौंको दशरथ रंगशालामा आयोजना हुने कार्यक्रममा सहभागी हुन सलमान नेपाल आउने भएका हुन्।

    सलमानका साथमा नायिका ज्याकलिन फर्नान्डिज, प्रभु देवा लगायतका कलाकार उपस्थित हुने आयोजकले जानकारी दिएको छ।

    दसकअघि ब्रायन एडम्सलाई ल्याएको ओडिसी इन्टरटेनमेन्टले सलमानलाई नेपाल ल्याउने तयारी गरेको बताइएको छ।

    आयोजकमध्येका एक सीमान्त गुरुङले सेतोपाटीलाई भने, ‘हामी दुई पार्टीबीच कार्यक्रम गर्ने सहमति भयो। कोरोनाको कारण नेपालमा अवस्था बदलिएन भने सलमान खानको कार्यक्रम हुन्छ।’

     सलमानको कार्यक्रमले नेपालमा कोरोनाको कारणले थिलथिलिएको पर्यटनमा टेवा पुग्ने विश्वास भएको गुरुङले बताए।

    सलमान खान तथा अन्य भारतीय कलाकारलाई नेपाल ल्याउन रकम भुत्तानीको अनुमति दिन पर्यटन मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई सिफारिस गरेको जानकारी संस्कृति महाशाखाका सहसचिव सुरेश सुरश श्रेष्ठले दिए।

    ओडिसी इन्टरटनमेन्टले यसअघि नै २०७४ मा सलमान खानलाई नेपाल ल्याउने कार्यक्रम थियो। सुरक्षा चुनौतीको कारण त्यतिबेलाको कार्यक्रम सारिएको थियो।

    त्यसबेला काटिएका टिकटहरू धेरै फिर्ता गरिएको छ र टिकटको भर्पाइ नलगेकालाई यस कार्यक्रममा त्यही टिकटको आधारमा मान्यता दिने गुरुङले बताए।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij