Logo

बुधबार, मंसिर ९ २०८३

बुधबार, मंसिर ९ २०८३

विस्तृत शान्ति सम्झौताको २० वर्ष :

राजनीतिक विचलनले राज्य रूपान्तरणको सपना अधुरै

राजनीतिक विचलनले राज्य रूपान्तरणको सपना अधुरै

गणतन्त्र आयो, संविधान बन्यो, संघीयता स्थापना भयो; तर जनताले अनुभूत गर्ने वास्तविक गणतन्त्र आएकै छैन ।

शनिबार, मंसिर ५ २०८३
शनिबार, मंसिर ५ २०८३
  • काठमाडौं। नेपालको राजनीतिक इतिहासमा २०६३ मंसिर ५ एउटा महत्त्वपूर्ण मोड हो। तत्कालीन सरकार र नेकपा माओवादीबीच भएको विस्तृत शान्ति सम्झौताले एक दशक लामो जनयुद्ध औपचारिक रूपमा अन्त्य गर्दै मुलुकलाई नयाँ राजनीतिक यात्रामा प्रवेश गराएको थियो। आज त्यही सम्झौताको २० वर्ष पूरा भएको छ।

    images

    दुई दशकअघि भएको त्यो सम्झौता केवल युद्धरत दुई पक्षबीच हतियार बिसाउने सहमति थिएन। यो राज्यको पुरानो संरचना परिवर्तन गर्ने, राजनीतिक अधिकारको पुनर्वितरण गर्ने, ऐतिहासिक विभेद र असमानताको अन्त्य गर्ने तथा जनताले आफ्नो शासन आफैँ सञ्चालन गर्न पाउने लोकतान्त्रिक व्यवस्था निर्माण गर्ने ऐतिहासिक राजनीतिक प्रतिबद्धता पनि थियो।

    p.jpeg

    दश वर्षसम्म चलेको जनयुद्धले उठाएका राजनीतिक, सामाजिक र आर्थिक मुद्दाहरूलाई शान्तिपूर्ण राजनीतिक प्रक्रियामार्फत संस्थागत गर्ने र राज्यको समग्र पुनर्संरचनाबाट नयाँ नेपालको आधार तयार गर्ने अपेक्षा विस्तृत शान्ति सम्झौतासँग जोडिएको थियो।

    त्यसैले यसको मूल्याङ्कन गर्दा युद्ध रोकियो कि रोकिएन भन्ने प्रश्नले मात्र पुग्दैन। युद्ध किन भएको थियो, त्यसले उठाएका मुद्दा कति सम्बोधन भए, राज्यको चरित्र कति बदलियो र परिवर्तनको अनुभूति आम नागरिकले आफ्नो जीवनमा कति गर्न पाए भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।

     

    २० वर्षको समीक्षा गर्दा एउटा विरोधाभास देखिन्छ। राजनीतिक व्यवस्था परिवर्तन भएको छ, तर परिवर्तनको मूल उद्देश्यसँग जोडिएका धेरै कार्यभार अझै अधुरा छन्। गणतन्त्र आएको छ, तर जनताले खोजेको सुशासन, सामाजिक न्याय, आर्थिक समानता र सम्मानपूर्ण जीवनको प्रत्याभूति अझै स्थापित हुन सकेको छैन।

    जनयुद्धको राजनीतिक उद्देश्य र शान्ति सम्झौताको मर्म

    २०५२ फागुन १ गते तत्कालीन नेकपा माओवादीले सशस्त्र संघर्ष सुरु गर्दा उठाएका मुद्दाहरू तत्कालीन राज्यव्यवस्थाको संरचना, राजतन्त्रको अन्त्य, वर्गीय, जातीय, क्षेत्रीय र लैंगिक विभेदको अन्त्य, राज्यसत्तामा जनताको पहुँच तथा संविधानसभामार्फत नयाँ संविधान निर्माणसँग सम्बन्धित थिए।

    तत्कालीन राज्य संरचनाबाट बहिष्करणमा परेका समुदाय, भूमिहीन, श्रमिक, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेसी तथा दुर्गम क्षेत्रका नागरिकका राजनीतिक र सामाजिक अधिकारका प्रश्न पनि संघर्षका प्रमुख एजेन्डा बनेका थिए।

    द्वन्द्वका क्रममा हत्या, अपहरण, बेपत्ता, यातना, यौन हिंसा, विस्थापन र सम्पत्तिमा क्षतिजस्ता घटनाले हजारौँ परिवारको जीवन प्रभावित भयो। करिब १३ हजार मानिसले ज्यान गुमाए भने १ हजार ३०० भन्दा बढी व्यक्ति बलपूर्वक बेपत्ता छन् ।

    २०६२ मंसिरको १२ बुँदे समझदारीले सात राजनीतिक दल र तत्कालीन माओवादीबीच सहकार्यको आधार तयार गर्‍यो। त्यसपछि भएको २०६२/६३ को जनआन्दोलनले राजतन्त्रको निरंकुश शासन अन्त्य गर्ने राजनीतिक वातावरण बनायो। संसद् पुनःस्थापना, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र संविधानसभाको निर्वाचन हुँदै मुलुक नयाँ राजनीतिक व्यवस्थातर्फ अघि बढ्यो।

    p1.jpeg
    undefined

    यसरी हेर्दा विस्तृत शान्ति सम्झौता युद्ध अन्त्य गर्ने दस्तावेज मात्र थिएन। यसले द्वन्द्वका कारण बनेका राजनीतिक, सामाजिक र संरचनागत समस्यालाई शान्तिपूर्ण राजनीतिक प्रक्रियाबाट समाधान गर्ने बाटो पनि तय गरेको थियो।

    सम्झौतापछि माओवादी सेनाको व्यवस्थापन, हतियार अनुगमन, सेना समायोजन र संविधानसभा निर्वाचनजस्ता महत्त्वपूर्ण काम सम्पन्न भए, त्याे पनि आफ्ना सेना, सत्ता, अदालतलगायतका संरचनालाइ उधाराेमै बेचेर । २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले राजतन्त्र अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्‍यो। २०७२ सालमा नयाँ संविधान जारी भयो।

    यी घटनाक्रमले जनयुद्ध र जनआन्दोलनबाट सिर्जित राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने आधार निर्माण गरे। तर, राज्यको राजनीतिक स्वरूप परिवर्तन हुनु र राज्यको चरित्र तथा नागरिकको जीवन परिवर्तन हुनु एउटै कुरा होइन।

    व्यवस्था बदलियो, राज्यको चरित्र कति बदलियो?

    नेपालमा गणतन्त्र स्थापना हुनु आफैँमा ऐतिहासिक राजनीतिक उपलब्धि हो। राजतन्त्रको अन्त्य भयो, सार्वभौमसत्ता जनतामा निहित हुने संवैधानिक व्यवस्था बन्यो। संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता र मौलिक अधिकारलाई संविधानले संस्थागत गर्‍यो।

    हिजो राज्यका निर्णय प्रक्रियाबाट टाढा रहेका समुदायको प्रतिनिधित्व बढाउने अवसर सिर्जना भयो। स्थानीय तहसम्म निर्वाचित सरकारको व्यवस्था भयो। नागरिकले आफ्नै क्षेत्रबाट जनप्रतिनिधि चुन्ने र सार्वजनिक निर्णय प्रक्रियामा सहभागी हुने संवैधानिक आधार पाए।

    तर, प्रश्न यहींबाट सुरु हुन्छ,  जनताले राज्यको स्वरूप बदल्न गरेको संघर्षपछि बनेको व्यवस्थाले उनीहरूको जीवनमा कस्तो परिवर्तन ल्यायो?

    गणतन्त्रपछि पनि ठूलो संख्यामा नागरिक रोजगारीका लागि विदेशिन बाध्य छन्। गाउँमा उत्पादन र रोजगारीका अवसर पर्याप्त छैनन्। शिक्षा र स्वास्थ्य सेवा सर्वसुलभ हुन सकेका छैनन्। भूमिहीन, श्रमिक, किसान र सीमान्तकृत समुदायको जीवनमा अपेक्षित परिवर्तन आएको छैन। सार्वजनिक सेवामा पहुँच, अवसरको समानता र राज्यका निकायप्रतिको विश्वास अझै चुनौतीपूर्ण छन्।

    p2.jpeg
    undefined

    राजनीतिक नेतृत्व र राज्यका संस्थाप्रतिको नागरिक असन्तुष्टि पनि बढ्दो छ। भ्रष्टाचार, नीतिगत विचलन, राजनीतिक संरक्षण, सार्वजनिक स्रोतको दुरुपयोग र जवाफदेहिताको अभावले लोकतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठाउने अवस्था सिर्जना गरेको छ।

    संघीयताको उद्देश्य राज्यलाई नागरिकको नजिक पुर्‍याउनु र स्रोत तथा अधिकारको न्यायोचित वितरण गर्नु थियो। तर, अधिकारको बाँडफाँट, प्रशासनिक संरचना, वित्तीय संघीयता र प्रदेशको प्रभावकारी भूमिकासम्बन्धी समस्या अझै समाधान हुन सकेका छैनन्।

    यसले के देखाउँछ भने राजनीतिक परिवर्तन भएपनि राज्यको संरचनामा रूपान्तरणसहित त्यसको लाभ सबै नागरिकसम्म समान रूपमा पुग्ने सपना भने अधुरै रह्यो ।  गणतन्त्रको सफलता केवल राष्ट्रपति, प्रधानमन्त्री र जनप्रतिनिधि निर्वाचित हुने व्यवस्थामा सीमित हुँदैन। गणतन्त्रको वास्तविक अर्थ नागरिकले राज्यको स्वामित्व अनुभूत गर्नु, विभेदरहित अवसर पाउनु, न्याय प्राप्त गर्नु र सम्मानपूर्वक बाँच्न सक्नु हो।

    १० वर्षे जनयुद्धका सर्वोच्च कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि आज सबैभन्दा गम्भीर रूपमा उठिरहेको राजनीतिक प्रश्न हो, के उनले जनयुद्धले उठाएका राजनीतिक एजेन्डा र परिवर्तनको उद्देश्यलाई अन्तिमसम्म इमानदारीपूर्वक नेतृत्व गरे ? या राज्यसत्ताको नेतृत्वमा पुग्ने क्रममा तिनै एजेन्डासँग सम्झौता गर्दै पुरानै सत्ता संरचनाभित्र आफूलाई स्थापित गरे ?

    जनयुद्धको नेतृत्व गरेका प्रचण्डमाथि आलोचकहरूले राजनीतिक गद्दारी गरेको आरोप लगाउँदै आएका छन्। उनीहरूको तर्क छ, जनयुद्धको उद्देश्य केवल राजतन्त्र हटाएर प्रधानमन्त्री र मन्त्री बन्नु थिएन। राज्यको वर्गीय, जातीय, क्षेत्रीय र लैंगिक संरचना बदल्नु, उत्पीडित समुदायलाई राज्यसत्ताको वास्तविक हिस्सेदार बनाउनु, आर्थिक तथा सामाजिक असमानता अन्त्य गर्नु र जनताले आफ्नो जीवनमै अनुभूत गर्न सक्ने नयाँ गणतन्त्र स्थापना गर्नु थियो। तर, शान्ति प्रक्रियामा प्रवेश गरेपछि प्रचण्ड क्रमशः त्यही पुरानो राज्यसत्ताको संरचनामा समाहित हुँदै गए।

    पहिलो संविधानसभामा सबैभन्दा ठूलो राजनीतिक शक्ति बनेको माओवादी नेतृत्वले राज्य रूपान्तरणको एजेन्डालाई निर्णायक रूपमा अघि बढाउन नसकेको, पटक–पटक सरकारको नेतृत्व गर्दा पनि शान्ति सम्झौताका अपूरा कार्यभारलाई प्राथमिकतामा राख्न नसकेको र सत्ता समीकरण तथा पद जोगाउने राजनीतिमा बढी केन्द्रित भएको आलोचना हुँदै आएको छ। आलोचकहरूको भाषामा यो वैचारिक विचलन मात्र होइन, जनयुद्धका क्रममा जनतासँग गरिएको राजनीतिक प्रतिबद्धतामाथिको आत्मसमर्पण हो।

    पटक–पटक प्रधानमन्त्री बनेका प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कार्यभार, द्वन्द्वपीडितको न्याय र राज्यको समग्र पुनर्संरचनालाई निर्णायक निष्कर्षमा पुर्‍याउन नसकेको तथ्यले पनि यो बहसलाई बल दिएको छ। यद्यपि शान्ति प्रक्रिया कुनै एक नेताको मात्रै जिम्मेवारी थिएन। त्यसमा हस्ताक्षर गर्ने दुवै पक्ष, त्यसपछिका सरकार र राजनीतिक शक्तिहरूको साझा दायित्व थियो।

    तर, जनयुद्धको नेतृत्व गरेका र त्यसबाट प्राप्त राजनीतिक परिवर्तनको सबैभन्दा ठूलो राजनीतिक स्वामित्व दाबी गर्दै आएका नेताका रूपमा प्रचण्डको भूमिका र जवाफदेहितामाथि प्रश्न उठ्नु अस्वाभाविक होइन।

    २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको आज २० वर्ष पूरा भएको छ। दुई दशकको यो यात्रालाई फर्केर हेर्दा नेपालले राजनीतिक व्यवस्थामा ऐतिहासिक परिवर्तन गरेको छ। राजतन्त्र अन्त्य भएको छ, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ, संविधानसभाबाट संविधान बनेको छ। तर, जनयुद्धले परिकल्पना गरेको राज्यको समग्र पुनर्संरचना, सामाजिक–आर्थिक रूपान्तरण र नागरिकले अनुभूत गर्ने वास्तविक गणतन्त्रको सपना भने अझै पूरा हुन सकेको छैन।

    त्यसैले शान्ति सम्झौताको २० वर्षको समीक्षा केवल युद्ध अन्त्य भएको ऐतिहासिक उपलब्धिको स्मरणमा सीमित हुन सक्दैन। यो परिवर्तनको नेतृत्व गर्ने राजनीतिक शक्तिहरूले आफ्नो प्रतिबद्धता कति पूरा गरे र नागरिकले त्यसको प्रतिफल कति पाए भन्ने जवाफ खोज्ने समय पनि हो।

    गणतन्त्र आयो, नागरिकको जीवन कति बदलियो ?

    नेपालमा गणतन्त्र स्थापना हुनु आफैँमा ऐतिहासिक राजनीतिक उपलब्धि हो। राजतन्त्रको अन्त्य भयो, सार्वभौमसत्ता जनतामा निहित हुने संवैधानिक व्यवस्था बन्यो। संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता र मौलिक अधिकारलाई संविधानले संस्थागत गर्‍यो।

    हिजो राज्यका निर्णय प्रक्रियाबाट टाढा रहेका समुदायको प्रतिनिधित्व बढाउने अवसर सिर्जना भयो। स्थानीय तहसम्म निर्वाचित सरकारको व्यवस्था भयो। नागरिकले आफ्नै क्षेत्रबाट जनप्रतिनिधि चुन्ने र सार्वजनिक निर्णय प्रक्रियामा सहभागी हुने संवैधानिक आधार पाए।

    तर, प्रश्न यहींबाट सुरु हुन्छ, जनताले राज्यको स्वरूप बदल्न गरेको संघर्षपछि बनेको व्यवस्थाले उनीहरूको जीवनमा कस्तो परिवर्तन ल्यायो?

    गणतन्त्रपछि पनि ठूलो संख्यामा नागरिक रोजगारीका लागि विदेशिन बाध्य छन्। गाउँमा उत्पादन र रोजगारीका अवसर पर्याप्त छैनन्। शिक्षा र स्वास्थ्य सेवा सर्वसुलभ हुन सकेका छैनन्। भूमिहीन, श्रमिक, किसान र सीमान्तकृत समुदायको जीवनमा अपेक्षित परिवर्तन आएको छैन। सार्वजनिक सेवामा पहुँच, अवसरको समानता र राज्यका निकायप्रतिको विश्वास अझै चुनौतीपूर्ण छन्।

    राजनीतिक नेतृत्व र राज्यका संस्थाप्रतिको नागरिक असन्तुष्टि पनि बढ्दो छ। भ्रष्टाचार, नीतिगत विचलन, राजनीतिक संरक्षण, सार्वजनिक स्रोतको दुरुपयोग र जवाफदेहिताको अभावले लोकतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठाउने अवस्था सिर्जना गरेको छ।

    संघीयताको उद्देश्य राज्यलाई नागरिकको नजिक पुर्‍याउनु र स्रोत तथा अधिकारको न्यायोचित वितरण गर्नु थियो। तर, अधिकारको बाँडफाँट, प्रशासनिक संरचना, वित्तीय संघीयता र प्रदेशको प्रभावकारी भूमिकासम्बन्धी समस्या अझै समाधान हुन सकेका छैनन्।

    यसले देखाउँछ, राजनीतिक व्यवस्था बदलिएको छ, तर राज्यको चरित्र र नागरिकको जीवनमा अपेक्षित रूपान्तरण अझै अधुरो छ।

    गणतन्त्रको सफलता केवल राष्ट्रपति, प्रधानमन्त्री र जनप्रतिनिधि निर्वाचित हुने व्यवस्थामा सीमित हुँदैन। गणतन्त्रको वास्तविक अर्थ नागरिकले राज्यको स्वामित्व अनुभूत गर्नु, विभेदरहित अवसर पाउनु, न्याय प्राप्त गर्नु र सम्मानपूर्वक बाँच्न सक्नु हो।

    संक्रमणकालीन न्याय : शान्ति प्रक्रियाको सबैभन्दा अपूरो अध्याय

    विस्तृत शान्ति सम्झौताको २० वर्ष पुग्दा पनि सबैभन्दा गम्भीर रूपमा उठिरहेको प्रश्न संक्रमणकालीन न्यायकै हो।

    सम्झौताले द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लङ्घनका घटनाको सत्यतथ्य सार्वजनिक गर्ने, बेपत्ता पारिएका व्यक्तिको अवस्था पत्ता लगाउने, पीडितलाई न्याय र परिपूरण उपलब्ध गराउने तथा समाजमा मेलमिलापको वातावरण निर्माण गर्ने प्रतिबद्धता गरेको थियो।

    p4.jpeg
    undefined

    तर, त्यसका लागि आवश्यक संस्थागत र कानुनी प्रक्रिया प्रभावकारी रूपमा अघि बढ्न सकेन।

    सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन हुन लामो समय लाग्यो। गठन भएपछि पनि राजनीतिक हस्तक्षेप, कानुनी विवाद, संस्थागत कमजोरी र नेतृत्व चयनमा देखिएका समस्याले अपेक्षित परिणाम दिन सकेनन्।

    यहाँ फेरि राजनीतिक नेतृत्वको जवाफदेहिताको प्रश्न जोडिन्छ। जनयुद्धको नेतृत्व गरेका प्रचण्डसहित शान्ति सम्झौताका हस्ताक्षरकर्ता राजनीतिक पक्षहरू पटक–पटक सत्तामा पुगे। तर, द्वन्द्वपीडितलाई न्याय दिलाउने काम किन अझै पूरा भएन? यो प्रश्न पनि अझै अनुत्तरित नै छ ।

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij