हिमाल आरोही पिके शेर्पाका थुप्रै परिचय छन् । कसैले उनलाई जलवायु अभियानताका रूपमा चिन्दछन् भने कसैले उनलाई हिमाल आरोहीका रूपमा चिन्दछन् ।
अनि उनलाई व्यवसायी भनेर चिन्नेहरू पनि धेरै छन् । २०३२ सालमा ताप्लेजुङको मैयाखोला, खुम्साथेनमा जन्मिएका पिके ‘हिउँ रहे पानी, पानी रहे जीवन’, ‘प्रकृति जोगाऔँ, जलवायु परिवर्तन र पृथ्वीको तापमान न्यूनीकरण गरौँ’ भन्ने नारासहित प्रकृति संरक्षणको लागि सात प्रदेश, सात महादेश, सात समुद्र जनचेतना महाअभियानमा सक्रिय छन् ।
उनको यो अभियानलाई उनका छोराले समेत साथ दिएका छन् । तपाइलाई पक्कै याद होला २०२१ मा बाबु र छोरा एकै पटक सगरमाथा आरोहण गर्न सफल भएको भन्ने समाचार । हो त्यो समाचारको पात्र पिके हुन् ।
ताप्लेजुङको ग्रामीण भेगमा जन्मिएर निकै संर्घषका साथ आफ्नो परिचय बनाइरहेका उनै पिकेलाई पड्कास्ट विथ पिपलको पहिलो एपिसोडमा ल्याएका छौँ । पड्कास्ट हेरेर तपाईँको मनमा लागेका कुरा भिडियोको कमेन्ट बक्समा पनि कमेन्ट गरिदिनुहोला । तपाईँलाई हाम्रो पोडकास्ट मनपरेमा साथीभाइ र तपाइका आफन्तहरूलाई पनि सेयर गरिदिनुहोला ।


