Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

रात्रिकालीन पेशा: रोजगारी कि जोखिम ?

रात्रिकालीन पेशा: रोजगारी कि जोखिम ?

आइतबार, पुस ६ २०८२
आइतबार, पुस ६ २०८२
  • काठमाडौं। नेपालको रात्रिकालीन मनोरञ्जन क्षेत्रलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउनुपर्ने बहसले लामो समयदेखि चल्दै आएको विषय हो। तर यसको निर्णायक भूमिका देखिँदैन। यस क्षेत्रको नियमनका लागि सरकारले विभिन्न समयमा नार्देशिका र नियमावलीहरू जारी नगरेको होइन, तर स्पष्ट र प्रभावकारी कानूनी व्यवस्थाको अभावमा यी प्रयासहरू औपचारिकतामा मात्र सीमित भएका छन्। करोडौँको लगानी र ठूलो संख्यामा जनशक्ति संलग्न रहेको यस व्यवसायलाई व्यवस्थित गर्ने सवालमा न स्थानीय सरकारमा तत्परता देखिन्छ, न केन्द्र सरकारले नै कुनै निर्णायक काम गरेको पाइन्छ। राज्यको अस्पष्ट नीतिका कारण एकातिर व्यवसायीहरू आफूहरू 'अलमलमा परेको' दाबी गर्छन् भने अर्कोतिर उपलब्ध नियमावलीहरूको पालनामा उनीहरू स्वयंको उदासीनता छर्लङ्ग देखिन्छ। विशेष गरी १८ वर्षमुनिका बालबालिकालाई श्रममा लगाउन नपाइने संवैधानिक र कानूनी प्रावधानलाई बेवास्ता गर्दै धेरैजसो डान्सबार तथा दोहोरी साँझहरूमा भइरहेको बालश्रमको प्रयोगले सरकारी अनुगमनको खस्कँदो अवस्था र व्यवसायीको गैर-जिम्मेवारीपनलाई उजागर गरिरहेको छ।

    images

    सामाजिक रूपमा अझै पनि यो पेशालाई हेर्ने दृष्टिकोण पूर्वाग्रही र संकुचित छ। रात्रिकालीन समयमा काम गर्ने महिला श्रमिकहरूलाई समाजले सम्मानजनक नजरले हेर्न नसक्दा यो क्षेत्र रोजगारीको माध्यम मात्र नभई सामाजिक लाञ्छनाको विषय समेत बनेको छ। यस व्यवसायमा आश्रित अधिकांश महिला र किशोरीहरू आर्थिक बाध्यताका कारण असुरक्षा र त्रासका बीच काम गर्न बाध्य छन्। सञ्चालकहरूको दबाब र प्रभावका कारण श्रमिकहरूले आफ्ना वास्तविक पीडा र श्रम अधिकारका मुद्दाहरूलाई दबाउनु परिरहेको छ।

    यसपटक हामीले यिनै सवाललाई सम्बोधन गर्नका लागि भक्सपप डबली गर्यौँ। 'लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान' को अवसरमा कार्यक्रममा शुभ अवसर ग्राम नेपालका विकास ढुङ्गाना, मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक विश्वराज खड्का र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी शाखा प्रमुख ममता विष्ट वक्ताको रूपमा उपस्थित थिए। साथै, छलफलमा रात्रिकालीन मनोरञ्जन क्षेत्रमा विभिन्न समस्या भोगेर उद्दार भएका महिला तथा किशोरीको सहभागिता पनि थियो। उनीहरूले आफुले भोगेका समस्या सुनाए र सरकारी पक्षलाई जवाफदेही बनाउन प्रश्न पनि गरे। वक्ताहरूले यस क्षेत्रलाई कानूनी रूपमा मर्यादित र श्रमिकका लागि सुरक्षित बनाउन राज्य, व्यवसायी र समाज सबैको एकीकृत पहल आवश्यक रहेको निष्कर्ष निकाले।

     

     

     

     

     

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij