Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

विदेशिने बाध्यता

'फ्रि भिसा फ्रि टिकट म्यानपावरले स्विकारेकै छैन'

'फ्रि भिसा फ्रि टिकट म्यानपावरले स्विकारेकै छैन'

'म्यानपावरले जहाँ पठायो गइहाल्ने हो र ? फ्रि भिसा फ्रि टिकट समयसापेक्ष छैन ।'

शनिबार, असार २८ २०८२
शनिबार, असार २८ २०८२
  • काठमाडौं । नेपालको श्रमबजारमा मागको तुलनामा श्रमशक्तिको आपूर्ति बढी रहेको अवस्था छ । देशमा रहेका श्रमशक्ति निष्क्रिय हुँदा एकातिर मुलुकको आर्थिक प्रगतिले कछुवाको  गति लिएको छ भने अर्कोतर्फ पारिवारिक कलह, अशान्ति, गरिबी, झैझगडा, हिंसा, कुलत, दुव्र्यसन र सामाजिक अपराधहरू बढ्ने गर्दछन् । माग भन्दा बढी श्रमशक्तिका कारण बेरोजगारीको संख्या बढेको छ ।

    images

    अधिकांश युवा बेरोजगार हुनुपर्दा उनीहरु जस्तोसुकै कामका लागि पनि वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता छ । यद्यपि विदेशिने बाध्यता एकातिर छ भने अर्कोतर्फ श्रमशोषण, विदेशी भूमिमा दुव्र्यवहार, कमाएको आम्दानी जोगाउन नसक्नु, आम्दानीको उचित व्यवस्थापन नहुनुले विदेशी भूमिमा बगाएको पसिनाले सार्थकता नपाएको अवस्थामा बाँचिरहेका छन् नेपाली श्रमिक । नेपाली श्रमिकहरुको विदेशमा हुने दुर्घटना, अपराधका घटना बढीरहेको छ । यस्तो बेला श्रमका मुद्दा हेर्ने, सरकार, वैदेशिक रोजगार विभाग, विभिन्न म्यानपावरहरु, अमूर्त एजेन्टहरु पनि मुख्यतया जिम्मेवार हुनुपर्छ । हामीले विदेशमा नेपाली श्रम, त्यसको नीति, विकृति र प्रवृत्तिका बारेमा गरेको बहस कार्यक्रम भक्सपप डबली हेरेर हामीलाई सुझाव दिन नभुल्नुहोला ।  

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij