Logo

शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३

भदौ १० को बाढीमा संयोगले जोगिएका 'बा'

भदौ १० को बाढीमा संयोगले जोगिएका 'बा'

आइतबार, असोज ४ २०८३
आइतबार, असोज ४ २०८३
  • काठमाडौं । भदौ १० , त्यो दिन सडकभरि गाडीको लाइन थियो। कतै ठूला ट्रक रोकिएका थिए त कतै यात्रुहरू ओत लागेर बसेका थिए। बाटो खुलेको थिएन। सडक भन्दा तल नदी धमिलो भएर बगेको थियो। बाढीको पानी बढिरहेको खबर आइरहेको थियो। टेकबहादुर गुरुङ भने सडकछेउ एउटा ढुंगामाथि बसेर आफ्नो पोका हेर्दै थिए।

    images

    गोर्खाबाट निस्किएका उनी काठमाडौं पुग्ने यात्रामा थिए। तर बाटोले उनलाई गन्तव्यभन्दा पहिले नै परीक्षा लिन थालेको थियो।

    घाम चर्किएको थियो। वरिपरि पानी र खानेकुरा पनि थिएन। उनीसँग भएका सामानका पोका बोकेर हिँड्नु अर्को झन्झट थियो। घण्टौँसम्म गाडीको प्रतीक्षा गर्दा साँझ पर्न थाल्यो। धेरै गाडी आए, गए। तर उनलाई मुग्लिनतिर लैजाने कोही भेटिएन।

    'आज मेरो बास कहाँ हो? म पुग्ने कहाँ हो?' उनी त्यतिबेला चिन्तित थिए।

    अन्ततः एउटा सानो जिप रोकियो। चालकले उनको अवस्था देखेपछि अगाडि बसाए र मुग्लिनसम्म पुर्‍याइदिए। त्यहाँबाट फेरि अर्को गाडीको खोजी सुरु भयो। यात्रामा रहेका अरू मानिसहरू पनि अलपत्र थिए। कसैलाई घर पुग्नु थियो, कसैलाई विमान समात्नु थियो। बाटोमा बाढीले बगाएर लेराएको लेदो थुप्रिएको थियो। कहीँ कतै उद्धारका दृश्य देखिन्थे।

    त्यही यात्रामा उनले बाढीले मानिस र परिवारलाई बिचल्ली बनाएको, बाटोमा लासहरू निकालिँदै गरेको दृश्य देखे। रात परिसकेको थियो। यात्रुहरू थकित थिए हुँदै खाना खाने ठाउँ खोज्दै थिए। अन्ततः करिब १८–१९ जना एउटै होटलमा पुगे। ति यात्रुहरूले लामो समयपछि खाना खान पाएका थिए। 

    त्यो रातको लामो यात्राले पनि टेकबहादुरलाई आफ्नो यात्राको उद्देश्य भने बिर्साएन।

    अन्ततः काठमाडौं पुगेर उनले पूजा गरे, दान दिए र आफ्ना पुर्खा, आफ्ना गल्ती र आफूले भुलेका कुराहरू सम्झिए। बाढीपीडितका लागि पनि सहयोग गर्न मन लाग्यो। आफूले पाएको भत्ताबाट केही रकम छुट्याएर उनले दान गरे।

    काठमाडौंको त्यो यात्रामा उनी केवल धार्मिक कर्म गर्न पुगेका थिएनन्। उनीसँग आफ्नो पुरानो समयका थुप्रै सम्झना पनि थिए।

    उनी सम्झिन्छन्, गाउँमा अपरिचित मानिस घरमा आइपुग्दा पहिले पानी सोधिन्थ्यो। मोही वा दही खान आग्रह गरिन्थ्यो। बोटमा फलेको केरा वा सुन्तला पाहुनालाई टिपेर दिइन्थ्यो। रात परेर बास माग्ने मान्छेलाई घरमा राख्दा त्यसको मूल्य सोधिँदैनथ्यो।

    'एक छाक खाना खाएको र रातभरि गुन्द्रीमा सुतेको पैसा लिनु हुँदैन, धर्म नष्ट हुन्छ,' आफ्ना बाउबाजेले भनेको उनी सम्झन्छन्।

    अहिले त्यो चलन हराउँदै गएको उनको भनाइ छ। पैसा र विदेश जाने बाध्यताले गाउँको जीवन फेरिएको उनी बताउँछन्। उनका छोराछोरी र नातिनातिनामध्ये धेरै विदेशमा छन्। उनी भने गाउँको घर, खेतबारी र पुराना सम्झनासँगै छन्।

    भदौ १० को त्यो यात्राले उनलाई समय फेरिए पनि कठिन अवस्थामा अपरिचित मानिसले दिएको पानी, गाडीमा दिएको एउटा सिट वा बाटोमा गरेको सानो सहयोगले मानवता अझै बाँचेको रहेछ भनेर सम्झाइदियो।

    उनको जिवनका कथा यतिमा मात्र सँकिदैन ।

    युवावस्थामा रोजगारीको खोजीमा भारत पुगेका टेकबहादुरले थोरै कमाइबाट करिब १८–१९ सय रुपैयाँ बचाएका थिए । त्यही पैसा लिएर सुन किन्न जाँदा उनी ठगिए । वर्षौंको दुःखबाट जम्मा गरेको पैसा एकैपटक गुमेपछि भारतमा त्यसरी काम गरेर बसिरहन उनलाई मन लागेन ।

    त्यसपछि उनी भारतीय सेनामा भर्ती भए ।

    करिब साढे ६ वर्ष सेनामा बिताउँदा उनले तालिम लिए र तालिम सँगै युद्धको समय पनि देखे । भारत–पाकिस्तान द्वन्द्वको समयतिर उनी सैन्य सेवामा थिए । उनी बर्मा (हालको म्यानमार) सम्म पुगे, जहाँ ३६ दिन बिताए । जंगलमा कम्पास हेरेर बाटो पहिल्याउन सिके । यसरी उनले अपरिचित ठाउँमा पनि आफ्नो सैनिक जिम्मेवारी पूरा गरे ।

     

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij