काठमाडौं । बजारमा ग्यासको अभाव देखिएको समयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।
मन्त्री यादवले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनको निजी सचिवालय स्रोतले जानकारी दिएको छ।
पछिल्लो समय बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ता प्रभावित भइरहेका बेला आपूर्ति हेर्ने मन्त्रालयको नेतृत्वबाटै राजीनामा आएको हो।
ग्यासको सहज आपूर्तिका लागि सरकारमाथि दबाब बढिरहेका बेला मन्त्री यादवको राजीनामाले थप चासो सिर्जना गरेको छ। यद्यपि, उनले राजीनामा दिनुको कारणबारे भने हालसम्म औपचारिक रूपमा केही सार्वजनिक गरिएको छैन।
राजीनामा स्वीकृत भए/नभएको र नयाँ आपूर्ति मन्त्रीबारे सरकारले औपचारिक निर्णय गर्न भने बाँकी रहेको छ।


