Logo

बुधबार, मंसिर ९ २०८३

बुधबार, मंसिर ९ २०८३

न्यारेटिभ जर्नलिजम र पत्रकार आचारसंहिता

न्यारेटिभ जर्नलिजम र पत्रकार आचारसंहिता

सोमबार, भदौ २२ २०८३
सोमबार, भदौ २२ २०८३
  • काठमाडौं । समाचारको भीडमा ठूला राजनीतिक घटनाक्रम, तथ्यांक र बहसले धेरै ठाउँ ओगटिरहेका बेला समाजका सामान्य मानिसका कथा भने प्रायः ओझेलमै पर्छन्। तर कुनै आमाको जीवनभरिको संघर्ष, परिवारको पीडा, समुदायको मौन समस्या वा एउटा व्यक्तिको सानो जितभित्र पनि समाज बुझ्ने ठूलो कथा लुकेको हुन्छ। यही मान्यताबाट नेपालमा कम्युनिटी तथा न्यारेटिभ जर्नलिजमको अभ्यास विस्तारै अगाडि बढिरहेको छ।

    images

    कम्युनिटी जर्नलिजमको उद्देश्य सूचना दिनु होइन, मानिसको जीवनसँग जोडिएको कथालाई मानवीय कोणबाट प्रस्तुत गर्नु हो। नेपाली पत्रकारितामा सामान्य मानिसका जीवन र माइक्रो तहका सामाजिक आर्थिक कथालाई थप स्थान दिनुपर्ने आवश्यकता पछिल्लो समय देखि देखिँदै आएको छ।

    डकुमेन्ट्री निर्माता आलोक सिद्धि तुलाधरका लागि पनि कथा छनोटको पहिलो आधार उत्सुकता हो। आफूलाई छोएको विषयमा गहिरिएर जाँदा मात्रै कथाभित्र लुकेका नयाँ तहहरू खुल्दै जाने उनको अनुभव छ। ‘द स्टोरी अफ योमरी’ यसको एउटा उदाहरण हो। सामान्य रूपमा खाइने योमरीको आकार र त्यससँग जोडिएका सांस्कृतिक पक्षबारेको जिज्ञासाले उनलाई डकुमेन्ट्री निर्माणतर्फ डोर्‍यायो।

    तर कथा खोज्नु जति महत्वपूर्ण छ, त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने प्रश्न अझ संवेदनशील छ। विशेषगरी व्यक्ति र समुदायका कथा उठाउँदा पत्रकारले पात्रले भनेकै कुरालाई अन्तिम सत्य मान्न नहुनेमा जोड दिइएको छ। सूचना परीक्षण गर्नुपर्छ, सम्बन्धित पक्षलाई आफ्नो धारणा राख्ने अवसर दिनुपर्छ र सामग्री सन्तुलित हुनुपर्छ।

    यहीँ पत्रकारिता र डकुमेन्ट्रीबीचको सीमारेखा पनि देखिन्छ। डकुमेन्ट्रीमा निर्देशकले आफ्नो दृष्टिकोण र कथानकमार्फत प्रस्तुति गर्न सक्ने भए पनि समाचारमा सत्य, तथ्य र निष्पक्षता अनिवार्य हुन्छ। पात्रले अधुरो कथा सुनाउँदा पत्रकारले आफ्नै कल्पनाबाट त्यसलाई ‘पूरा’ गर्नु नैतिक मानिँदैन; थप तथ्य र स्रोत खोज्नु आवश्यक हुन्छ।

    सामाजिक सञ्जालको तीव्रताले यो चुनौती झन् बढाएको छ। केही सेकेन्डको सनसनीपूर्ण भिडियो भाइरल हुन सक्ने समयमा गहिरो अनुसन्धान र सन्तुलित कथालाई दर्शकसम्म पुर्‍याउनु कठिन छ। तर विश्वसनीयता तत्कालको भाइरलभन्दा दीर्घकालीन मूल्य भएको तर्क पनि उत्तिकै महत्वपूर्ण छ।

    अन्ततः कम्युनिटी जर्नलिजम केवल नयाँ शैली होइन, पत्रकारितालाई फेरि मानिसको जीवनसँग जोड्ने प्रयास हो। तर भुइँमान्छेको कथा उठाउने क्रममा उनीहरूको गोपनीयता, सम्मान, सहमति र सुरक्षालाई बेवास्ता गरियो भने त्यही कथा अर्को पीडाको कारण बन्न सक्छ। त्यसैले कथा भन्नु मात्र पर्याप्त छैन कसरी, किन र कति जिम्मेवारीका साथ भनियो भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ।

    यहि विषयमा भक्सपप डबलीमा पत्रकार प्रकाश शर्मा र डकुमेन्ट्री निर्माता आलोक सिद्धि तुलाधरसँग गरिएको विशेष कुराकानी भिडियोमा ।

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij